बालुवा तस्करसँग कसले लिए कत्ति ? विवादमा तानिए पत्रकारदेखि नेता र मन्त्रीसमेत !

दियो पोस्ट  

धादिङ, कार्तिक ११ । बालुवा तस्करीसँग धादिङका १० जना पत्रकारले पैसा लिएको विषयमा शनिबार दिनभनर हंगामा मच्चियो । पत्रकारदेखि अन्य व्यक्तिले यो विषयमा स्टाटस र कमेन्टको ओहिरो लगाए ।

यो विषयमा सबैभन्दा बढि पत्रकारहरु नै स्टाटस पोष्ट गर्न बढि हत्तारिए । प्रदेश नं. ३ ले बालुवा तस्कर र क्रसर माफियालाई फाईदा पुग्ने कानुन ल्याउने तयारी गरेको विषयमा दियोपोष्ट डटकमले लेखेको समाचार तत्कालिन प्रेस सेन्टर धादिङका अध्यक्ष नारायणन सिल्लावले शेयर गरेसँगै कान्तिपुर दैनिकका धादिङ संवाददाता हरिहरसिंह राठौरले लिष्ट आफूसँग छ भन्ने बताएपछि यो हंगामा मच्चिएको हो ।

उनले लिष्ट आफूसँग छ भन्दै सामाजिक संजाल फेसबुकमा कमेन्ट गरेसँगै जिल्लामा कार्यरत पत्रकारहरुले आ–आफ्नो धारणा प्रस्तुत गरे । कसैले लिष्ट मसँग छ भन्नेहरुले नै पैसा बुझेको धारणा व्यक्त गरे भने कसैले लिष्ट भएको भए पनि सार्वजनिक नगरेको ? भन्दै प्रश्न गरे ।

पत्रकारलाई ५ लाख

तत्कालिन प्रेस सेन्टर धादिङका अध्यक्ष नारायण सिल्वालले कान्तिपुर दैनिकका धादिङ संवादाता राठौरसँगै पैसा लिनेको सुची रहेको दाबी गरेका छन् । उनले लिष्ट आफैले हेरेको भन्दै राठाैरसँग भएको लिष्टमा हरिहरसिंह राठौर सहित १० जना पत्रकारलाई ५ लाख रुपैयाँ भनेर लेखिएको दाबी गरेका छन् । १० जना पत्रकारलाई प्रतिव्यक्ति ५० हजारको दरले ५ लाख रुपैयाँ बुझेको विषयमा राठौरसँग भएको लिष्ट नक्कली भएको राठौर आफैले भनेका छन् । आईतबार विहान पत्रकार नारायण सिल्वालले राठौरसँग भएको सुची अनुसार भन्दै नाम सार्वजनिक गरेपछि पत्रकारहरुबीच जुहारी चलेको छ ।

मन्त्रीदेखि सांसदसम्मलाई पैसाको बिटो

सिल्वालका अनुसार प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जम्मकट्टेलले बालुवा तस्करबाट १५ लाख रुपैयाँ दसैं खर्चबापत लिएको खुलासा भएको छ ।

क्रसर उद्योग संचालन हुने राजमार्ग क्षेत्रकै स्थानीय र सांसद समेत रहेका जम्मकट्टेल यसअघि पनि पटक–पटक विवादमा तानिएका व्यक्ति हुन् । क्रसर व्यवसायीसँगको मिलेमतोमा उनले नयाँ कानुन कार्यविधि ल्याउने तयारी समेत गरेका छन् ।

विशेष स्रोतका अनुसार प्रदेश ३ का क्रसर उद्योगीले जम्मकट्टेललाई रकम उठाएर नै पैसा दिएको खुल्न आएको छ । प्रदेश ३ का मन्त्री जम्मकट्टेललाई व्यवसायीहरुले करीब ८ करोड रुपैयाँ बराबरको रकम बुझाएको व्यवसायीहरु नै बताउँछन् ।

एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा प्रत्येक व्यवसायीसँग २ लाख रुपैयाँको दरले रकम उठाएर पत्रकार, नेता र मन्त्रीलाई दशैं खर्च बाँडेको बताए ।

दशैं खर्च बापत यो वर्षको दशैंमा मात्रै क्रसर व्यवसायीले ४७ लाख रुपैयाँ बाँडेको धादिङका पत्रकार सिल्वालले नै फेसबुकमा सार्वजनिक गरेका छन् । सांसद तथा मन्त्री जम्मकट्टेलसँगै सोहि क्षेत्रका प्रतिनिधिसभा सदस्य भुमी त्रिपाठीले पनि १० लाख रुपैयाँ लिएको चर्चा छ ।

नियामक निकाय नै पैसामा बिकेपछि

यसअघि पनि क्रसर उद्योगको नाममा ठूलो आर्थिक चलखेल हुने गरेका समाचारहरु प्रकाशित हुँदा पनि अहिलेसम्म कुनै कदम चालिएको छैन । कारण नियामक निकाय नै आर्थिक प्रलोभनमा फसेका रहेछन् ।

फेसबुकमा राखिएको स्टाटस अनुसार धादिङका प्रमुख जिल्ला अधिकारी , एसपी र डीएसपीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँको दरले क्रसर माफियाले रकम बुझाएका छन् ।

यस्तै गजुरी ट्राफिक कार्यलयलाई १ लाख रुपैयाँ दिएको पनि पत्रकार राठौरसँग भएको सुचीमा उल्लेख गरिएको सिल्वालले दाबी गरेका छन् ।

यो पनि पढ्नुहोस्

धादिङका सांसद भूमि त्रिपाठीले भने,‘आरोप पुष्ठि भए सांसद पद र जीवनबाट राजिनामा दिन्छु’

बालुवा व्यापारीबाट सांसद, मन्त्री र पत्रकारसम्मले दशैं खर्च लिएको लिस्टको पर्दाफास् (माइन्युटसहित)

बालुवा तस्करले पत्रकारदेखि मन्त्रीसम्मलाई पैसा बाँढेको विषयमा अनुसन्धान गर्दै धादिङका सिडिओ र एसपी

पत्रकारमाथि शंकैशंका !

केही पत्रकारहरुले लिष्ट आफूसँग छ भन्ने अनि सार्वजनिक नगर्ने शनिबार दिनभरको रोईलोसँगै पत्रकार महासंघका अध्यक्ष नवराज छल्कुलीले ससंकित हुँदै एउटा स्टाटस फेसबुकमा राखे ।

उनले दसैं खर्चको नाममा पैसा बाँडेको विषयमा बाहिर आएको लिष्ट आफूसँग पनि भएको बताएका छन् । त्यसमा कस्को नाम जोडिएको छ भन्ने कुरा आफूलाई राम्रोसँग थाहा भएको भन्दै फेसबुक कमेन्ट र फेसबुकमा आएको सामग्रीलाई आधार नबनाउन उनको आग्रह छ ।


बालुवा र क्रसर व्यापारीसँग दशैं खर्च लिएको सार्वजनिक भएपछि पत्रकारहरुमा एक तरंग नै पैदा भयो । अध्यक्ष छत्कुली, नेपाल टेलिभिजनका संवाददाता शिव सिलवाल र पत्रकार राजाराम शर्माले पनि आफूसँग पैसा लिनेहरुको सुची रहेको बताएका छन् । तर उनीहरुले पनि सुची भने सार्वजनिक गरेका छैनन् ।

यता अन्नपूर्ण पोस्टको संवाददाता मनिष दुवाडीले भने जसले आफूसँग लिस्ट रहेको भनेर दाबी गरेका छन्, सार्वजनिक नगर्ने उनीहरुमाथि नै शंका गर्नु पर्ने अवस्था आउने उल्लेख गरेका छन् ।

‘क्रसर र बालुवा ब्यबसायी संग दशै खर्च लिएका पत्रकारहरुको लिस्ट आफूसंग सुरक्षित छ भनेर धादिङका धेरै जनाले दाबी गरेका रहेछन्,’ आफू सङग त लिस्ट छैन, सार्बजनिक कहिले हुन्छ भनेर कुरिन्छ ।

तर ज जसले लिस्ट छ भनेर दाबी गरेका छन् सार्बजनिक नहुन्जेल उसैमाथि शंका गरिन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन् ।

राठौरको यस्तो प्रतिक्रिया

उनले समाजिक संजाल फेसबुकमा नै स्टाटस लेख्दै सरकारले ल्याएको मिडिया नियन्त्रण कानुन र साईबर अपराध कानुन बुझेर समाचार संप्रेशण गर्नुपर्ने बताएका छन् ।

कुनै समाचार पुष्टी नभएसम्म समाचार संप्रेशण गर्न नहुने भन्दै उनले कसैले सेतो कागजमा लेखेर दियो भन्दैमा त्यसलाई आधार मान्न नमिल्ने बताए । उने सिल्वाललाई आफुले सुची भने देखाएको स्वीकार गरेका छन् ।
सिल्वालको स्टाटसमा राठौरले दिएको प्रतिक्रिया जस्ताको तस्तै


लामो समयदेखि विभिन्न संचारमाध्यममा कार्यरत धादिङका पत्रकारहरु यस्तै विषयमा यसअघि पनि विवादमा तानिदै आएका थिए । यसअघि पत्रकार माहासंघ धादिङका अध्यक्षकै नाम समेत यस्ता विषयमा जोडिदै आएको थियो ।

ज्वालामुखी गाउँपालिकाका लेखापाल बेदप्रसाद पंगालीले नै आफु भान्छे भएको र पत्रकार महासंघका अध्यक्षको नेतृत्वमा अरु पत्रकारलाई समेत पैसा दिएको दियोपोष्टलाई बताएका थिए ।

मन्त्री सालिकराम भन्छन्,‘धादिङका पत्रकार क्रसर र बालुवाकै पैसाबाट बाँचेका हुन्’
विवादमा तानिएका क्रसर उद्योग रहेको क्षेत्रका स्थानीयबासी, प्रदेश नं. ३ का सांसद तथा कानुनमन्त्री सालिकराम जम्मर्कट्टेलले धादिङका पत्रकारहरु क्रसर र बालुवाकै पैसाबाट बाँचेको दाबी गरेका छन् । दियोपोष्टसँग कुरा गर्दै उनले जो–जो आफ्नो विरोधी छन्, उनैले जम्मर्कट्टेलले पनि पैसा लिएको भन्ने हौवा फिजाएको बताए ।

‘पैसा लिएको छैन भनेर हामीले पुष्टी गर्ने कुरा होईन, क्रसर व्यवसायीहरुले नै भन्लान नी त खास कुरो के हो भनेर !,’ उनले प्रश्न गर्दै भने,–‘सालिकरामले क्रसर व्यवसायीसँग पैसा खान्छ ? जो मान्छे यसको विरोधमा निरन्तर लडिरहेको छ । मैले धादिङ र नुवाकोटका प्रहरी प्रमुखलाई कोठामै बोलाएर बालुवा धोएको हिलो त्रिशुली नदिमा झर्यो भने राम्रो हुदैन भनेर चेतावनी नै दिएको छु । मलाई क्रस व्यवसायीले पायो भने कुट्छन, काट्छन् । यो सबै हल्ला मात्रै हो ।’ उनले धादिङका क्रसर बालुवा उद्योग बन्द भएसँगै पत्रकारहरु छटपटिएको भन्दै बालुवा तस्करको पैसाबाट नै पत्रकारहरु बाचेको समेत दियोपोष्टलाई बताए ।

पत्रकार सिलवालले स्ट्याटस नै हटाए

नयाँ कानुनी प्रावधानका कारण आफूलाई समस्या हुने देखेर पत्रकार सिलवालले यतिबेला यसअघि प्रकाशन गरिएको स्ट्याटस नै हटाएका छन् । साइबर अपराधमा मुद्दा चल्ने डर भएपछि उनले उक्त स्ट्याटस हटाएको बुझीएको छ ।

 

अन्य पत्रकारहरुले लेखेका फेसबुक स्टाटस जस्ताको तस्तै 

TATA ADD