दियोपोस्ट समाचार प्रभावः वीर अस्पतालमा हाजिर गरेर नर्भिकमा ड्युटी गर्ने डाक्टरको नाम ‘आउट’

दियो पोस्ट  

काठमाडौं, २१ असोज । नर्भिक अस्पतालले आफ्नो आधिकारिक वेभसाइटबाट उपनिर्देशक डाक्टर विप्लव सापकोटाको नाम हटाएको छ ।


मंगलबार दियोपोस्ट डटकमले ‘वीर अस्पतालका ‘कामचोर’ डाक्टर : वीरमा हाजिरी लगाएर नर्भिक अस्पतालमा ड्युटी !’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही समाचारपछि डा. सापकोटाको नाम लिडरसिप टिमबाट हटाइएको हो ।

लिडरसिप टिमबाट उनको नाम हटाइएको लिंक

https://www.norvichospital.com/hospital-overview/leadership-team


भैरहवाको भिम अस्पतालमा दरबन्दीमा खटिनुपर्ने डा. सापकोटा वीर अस्पतालबाट ट्रमा सेन्टरमा काजमा खटिइएको थिए । तर, वीर अस्पतालमा हाजिर मात्रै गरेर उनी नर्भिक अस्पतालको सेवामा आइपुग्थे ।

वीर अस्पतालको तलबभत्ता खाएर बसन्त चौधरीद्वारा सञ्चालित नर्भिक अस्पतालमा खटिइएको विषयमा दियोपोस्टले समाचार प्रकाशन गरेको २४ घण्टा नपुग्दै उनको नाम वेभसाइटबाट हटाइएको हो ।


अस्पताल व्यवस्थापनले उनको नाम किन हटाइएको हो भन्ने विषयमा आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।

सम्बन्धित खबर

ट्रेन्डिङ