काठमाडौं महानगरमा बेथिति : कानुन विपरित मेयरको तीन र उपमेयरको चार जना पिए

diyopost.com
दियो पोस्ट  शनिबार, आश्विन १६, २०७८ | १६:५८:०३

काठमाडौं । महानगरपालिकाका मेयरहरुले पिए राख्न पाउने कानुनी व्यवस्था छैन । बागमती प्रदेश अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ (पहिलो संशोधन) अनुसार स्थानिय तहका प्रमुख तथा उपप्रमुखले स्वकिय सचिव तथा सल्लाहाकार राख्न पाउँदैनन् । तर, काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरि प्रभा खड्कीले मनोमानी रुपमा पिए राखेको पाइएको छ । महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनले मेयर र उपमेयरले राखेका पिएहरुबारे प्रश्न उठाइएको छ । महानगरपालिकाले मेयर उपमेयरका पिएहरुका लागि मात्रै यो वर्ष २५ लाख ३ हजार ९ सय १० रुपैयाँ खर्चिएको महालेखाले जनाएको छ ।

मेयर शाक्य र उपमेयर खड्गीले कर्मचारी प्रशासन भित्रैको व्यक्तिबाट गर्न सकिने काममा समेत स्वकिय सचिव र पिए नियुक्त गरेर लाखौँ रुपैयाँ झ्वाम पारेका छन् ।

मेयर शाक्यले ३ जना व्यक्तिलाई पिए नियुक्त गरेका छन् । जसमा राजेन्द्र स्थापित प्रमुख जनसम्पर्क सल्लाहाकार तथा सुचना सल्लाहाकार छन् । उनले मासिक ४५ हजार रुपैयाँ तलब र पोशाक भत्ता सहित ५ लाख ४० हजार रुपैयाँ वार्षिक बुझ्दै आएका छन् ।

मेयर शाक्यकै अर्का स्वकिय सचिवालयका कार्यलय सहयोगी अन्जना सेढाइँले मासिक २२ हजार ९ सय ८० रुपैयाँ तलबसहित दशैँ खर्च पोशा भत्ता गरि वर्षमै ३ लाख भन्दा बढी बुझेको देखिन्छ । त्यस्तै प्रमुख स्वकिय सचिवको चालक बताउने जुजुकाजी प्रजापतीले नै यो वर्ष ३ लाख १२ हजार रुपैयाँ बुझेको महालेखाले बताएको छ ।

त्यस्तै उपमेयर हरि प्रभा खड्गीले चार जना पिए राखेकी छिन् । उनले अनिल लामालाई स्वकिय सचिव राखेकी छिन् । जसलाई मासिक ३० हजार १ सय १० रुपैयाँ तलब दिइन्छ । उनले वार्षिक ३ लाख ९७ हजार ९ सय ३० रुपैयाँ बुझेको देखिएको छ ।

उपमेयर खड्गीले सानुराजा महर्जनलाई उपप्रमुखको सचिवालयमा चालक नियुक्त गरेकी छिन् । तालकले मात्रै वार्षिक ३ लाख ३८ हजार १ सय ३० रुपैयाँ बुझेको विवरणमा उल्लेख छ ।

उपमेयर खड्गीको सल्लाहाकारहरु ज्ञानु महर्जन र दिलमाया मगरले वार्षिक ३ लाख ५ हजार २ सय चालीसका दररुले तलब भत्त बुझ्दै आएको महानगरले जनाएको छ ।

महानगरले कानूनी सल्लाहाकारको रुपमा २ जना बरिष्ठ अधिवक्ता नियुक्त गरेको छ ।

सम्बन्धित खबर