उपत्यकामा सञ्चालित सिनेमा घरले राजश्व नबुझाइकन दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको पाइएको छ। चलचित्र घरहरुले मनोरञ्जन शुल्क बापतको कर नबुझाएका हुन् ।
सिनेमा घरले प्रवेश शुल्कको पाँच प्रतिशत राजश्व बुझाउनु पर्ने हुन्छ। सिनेमा घरले विभिन्न बहाना बनाएर राजश्व महानगरलाई नबुझाएको महानगरले जनाएको छ।
प्रदेश नं. ३ सरकारले आर्थिक ऐन २०७६ मा मनोरञ्जन करको प्रावधान राखेको छ । प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनु पर्छ भनि लेखेको छ ।
प्रदेश संरचना आउनु भन्दा अगाडी स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार पनि चलचित्र घरहरुले कर तिर्नु पर्ने व्यवस्था थियो। तर महानगरका अनुसार सो समयदेखि कुनै पनि चलचित्र घरहरुले कर तिरेका छैनन ।
यो व्यवस्था पालना हुनु त कता हो कता, गएको बर्ष तिर्नु पर्ने कर तिर्न समेत सिनेमाघरहरू चासो नदेखाएको पाइएको हो ।
कुन कुन हुन कर नतिर्ने सिनेमा हल ?
सिनेमार्क मुभिज प्रा.लि., के.एल सिनेमा सिटी प्रा.लि., सार्थक इन्टरटेनमेन्ट प्र.लि., सिनेमार्क मुभिज प्रा.लि., सिनेस्टार प्रा.लि., अष्ट नारायण पिक्चर प्रा.लि., मेक्स इन्टरटेनमेन्ट प्रा.लि., सेंत्रेल सिनेमाज प्रा.लि., सिन डी सेफ कम्पनि प्रा.लि., गोपी कृष्ण मुभिज प्रा.लि., जय नेपाल चित्रघर, छायाँ सिनेमा प्रा.लि., क्स्वेष्ट इन्टरमेन्ट प्रा.लि., कोर प्लान विल्डर्स कम्पनि प्रा.लि., मा सिनेमार्क मुभिज प्रा.लि लगायत सिनेमा हलहरूले कर नतिरेका हुन् ।