करको स्वर्ग अर्थात् ट्याक्स ह्याभन के हो ?

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन १८, २०७८ | १६:०२:३८

 

स्वर्ग अर्थात् ट्याक्स ह्याभन (Tax Haven) देश, ती देशहरूलाई भन्ने गरिन्छ जहाँ अन्य देशहरू तुलनामा निकै कम करको अवधारणा रहेको छ या बिल्कुलै कर नै लाग्दैन । यस्ता देशहरूमा कलको अलावा पनि अनेक गतिविधिहरू चलायमान हुन्छन् ।

यस्ता देशहरूले ट्याक्समा कुनै पारदर्शीता राख्दैनन्, साथै कुनै पनि प्रकारको वित्तीय जानकारी सार्वजनिक पनि गर्दैनन् । यस्ता देशहरू त्यस्ता व्यक्तिहरूको लागि स्वर्ग (Heaven) हो, हो ट्याक्स नतिरेर कमाएको अकुत सम्पति यस्ता देशमा जम्मा गर्न पाउँछन् । यस्ता देशहरूले आफ्नो देशमा रहेर व्यापार-व्यवसाय गर्न कर छुट या कर मिनाहा मार्फत विदेशी नागरिक, लगानीकर्ता र उद्दमीहरूलाई लोभ्भाउने गर्दछन् ।

 

यस्ता देशहरूमा पैसा जम्मा गर्दा कानूनी व्यवधानहरू शुन्यप्राय छ भ्द्ना पनि हुन्छ । यस्ता देशहरूले पैसा जम्मा गर्न आफूकहाँ आएका व्यक्ति एवं संस्थाहरूको आयस्रोत वैधानिक हो होइन, केही पनि सोध्ने गर्दैनन् । यहिकारण ट्याक्स छल्न माहिर व्यक्तिहरूका लागि यस्ता देशहरू स्वर्ग हुन् पुगिरहेको छ, जहाँ कालो धन बेरोकतोक जम्मा गर्न सकिन्छ ।

युरोपमा अष्ट्रिया, बेल्जियम, मोनाको स्विटजरल्याण्ड मात्रै होइन एसियामा सिंगापुर, मेलेसिया, हङकङ, मोरिसस, माल्दिभ्व, दुबई, बेहराइन जस्ता देशहरू छन्, करको लागि स्वर हो । मोरिसस, पानमा, साइप्रस जस्ता देशहरू यस मामलामा अझ लचकदार चाहन, उनीहरू लगानीकर्ता मुनाफामा कुनै पनि कर लगाउदैनन् ।

ट्याक्स ह्याभनको विश्वमाथि प्रभाव :

क. नकारात्मक प्रभाव:

१.ट्याक्स ह्याभनले वैश्विक स्तरमा चोरीनिकासीलाई बढावा दिने गर्दछ । यसका कारण कालो धनको प्रवाह निरन्तर बढीरहने गर्दछ ।
२.ट्याक्स ह्याभनको कारण गह्रेलु ट्याक्स संग्रहणमाथि प्रभाव पर्दछ । यसका कारण समबन्धित देशको राजश्व चुहावट हुन् पुग्दछ । साथै, वित्तीय पूंजीको देशको बाहिर प्रभाव बढ्दछ ।
३.ट्याक्स ह्याभनका कारण सम्बन्धित देश (घरेलु रुपमा)मा वितीय अस्थिरता एवं वित्तीय नियन्त्रणमा समस्या उत्पन्न हुन्छ । यसले देशको अर्थव्यवस्थामाथि नकारात्मक असर पार्दछ ।
४.ट्याक्स ह्याभनमा ट्याक्सको डर कम या नगण्य हुने हुँदा शेल कम्पनीहरूलाई सिधासिधा फाइदा पुग्दछ, जसले अन्तत: वैश्विक अर्थव्यवस्थामा नकारात्मक असर देखिन्छ ।
५.ट्याक्स ह्याभनको कारण वैश्विक स्तरमा मनि लन्ड्रिङ, राउण्ड ट्रिपिङ्ग जस्ता आर्थिक अपराधहरू बढ्न पुग्दछन् ।
६.वैश्विक अर्थव्यवस्थामा पारदर्शितताको कमी आउनु ट्याक्स प्रभावको अर्को नकारात्मक असर हो ।

ख. सकारात्मक प्रभाव:

ट्याक्स ह्याभनको कारण वैश्विक स्तरमा ट्याक्स प्रतिष्पर्धामा वृद्धि हुन्छ, जसले विकसित तठा विकासशील देशहरूमा लगानीकर्ताहरूलाई आकर्षित गर्ने उद्देश्यले करको दाम कर गर्दा लगानीकर्तालाई फाइदा पुग्दछ । अब यसलाई सकारात्मक प्रभाव भन्ने कि नभन्ने विषय यद्यपी छलफलको विषय नै छ ।

यस्ता ट्याक्स ह्याभन राष्ट्रले संसारको अर्थतन्त्रमा कुनै पनि योगदान नदिने हुनाले यिनको व्यापार बन्द गरिनुपर्ने आर्थिक मामलाका विज्ञहरू बताउँछन् । वकिल जोल्यन मौघम भन्छन्, ‘अर्थतन्त्रका दृष्टिले यस्तै राष्ट्रमध्ये एक ‘पानमा’ गुन्डा नै हो, यसले ज्यादै कुरुप गोप्यता अँगालेको छ।’

ट्याक्स चोरी रोक्नका लागि भइरहेका वैश्विक प्रयासहरू :

ट्याक्स चोरी रोक्नको लागि एक कमन रिपोर्टीङ स्ट्यान्डर्ड ( Common Repeortin Standard- CRS) विकसित गरिएको छ, जो स्वचालिन रुपमा वितीय सूचनाहरूको सीमा-पार आदान-प्रदान एवं विनियामनसँग सम्बन्धित एक नियम हो ताकी कर अधिकारीहरू आफ्नो करदाताहरूको आफशोर होल्डीङ (Offshore Holdings) लाई ट्रयाक गर्न सकुन् ।

नेपालको आयकर ऐन २०५८ को परिच्छेद १३ ले अन्तर्राष्ट्रिय कर सम्बन्धी प्रावधानहरूलाई समेटेको छ, जसमा नेपालमा स्रोत भएका आय तथा खर्चको रकम, विदेशी स्थायी संस्थापन, नियन्त्रित विदेशी निकाय, वैदेशिक कर मिलान आदि सम्बन्धी नियमहरू उल्लिखित छन् ।

यस चोरी रोक्ने प्राथामिक तरिका इमान्दारिता र बफादारिता नै हो । तर यो असम्भव प्राय: छ । यसकारण वैश्विक स्तरममा सबै देशहरू मिलेर ट्याक्स चोरी, मनि लन्ड्रिङ, राउण्ड ट्रिपिङ्ग जस्ता आर्थिक अपराधहरूसँग लड्नु आवश्यक छ । यसका साथसाथै राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा कर चोरीसँग सम्बन्धित कानूनलाई अझ कडाइ गर्नुपर्दछ । साथै, जनस्तरदेखि नै यी-यस्ता आर्थिक अपराधका बारेमा हरेक व्यक्तिलाई जागरुक बनाउनु अत्यन्त आवश्यक छ ।

सम्बन्धित खबर