कलाकार पवन कार्कीले गरे अन्तर्जातिय विवाह

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन २८, २०७८ | १०:१०:३०

काठमाडौं । विभिन्न टेलिसिरियलमा अभिनय गर्दै आएका कालाकार पवन खतिवडाले विवाह गरेका छन् । उनले अन्तर्जातिय विवाह गरेका हुन् । भारतको सिक्किम घरभएकी सुम्निमा खालिङ्गसँग उनले लगनगाँठो कसेका हुन् । आफूहरुबीच केहीवर्षदेखि संगत र चिनजान प्रेममा परिणत भएपछि विहेमा परिणत भएको खतिवडाले सार्वजनिक गरेका छन् ।
आफूले अन्तर्जातिय र अन्तरदेशिय विवाह गरेको समेत उनले बताए । ‘हाम्रो लागि माया प्रेम नै सर्बेसर्वा भयो । यो समाजले के भन्ला भनदा पनि हामीले समाजलाई के दिने भन्ने लाग्यो,’ खतिवडाले विवाहको तस्विर सार्वजनिक गर्दै लेखेका छन् ।

सम्बन्धित खबर