मुख्यमन्त्री नहुँदै राजेन्द्र पाण्डेलाई कार्यकर्ताको बधाई, भोली ३ बजे प्रक्रिया शुरु हुने

diyopost.com
दियो पोस्ट  बुधबार, कार्तिक १०, २०७८ | १९:३६:०१

हेटौंडा । वागतमी प्रदेशका मुख्यमन्त्ती अष्टलक्ष्मी शाक्यले राजिनामा दिएसँगै नयाँ सरकार गठनको ढोका खुलेको छ । भोली दिउँसो तीन बजे भित्र नयाँ मुख्य मन्त्रीले उम्मेदवारी दिनुपर्ने सुचना सार्वजनिक भएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।

 

प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने ५ दलिय गठबन्धनको तयारी छ । भोली हिुने प्रक्रियापछि मात्रै पाण्डे मुख्यमन्त्रीमा निर्वाचित हुनेछन् । तर, उनी निकट कार्यकर्ताले भने आजैदेखि उनलाई बधाई दिन थालेका छन् ।

सम्बन्धित खबर