काठमाडौं । श्रीलंकाली क्रिकेट बोर्डले दानुष्का गुनाथिलाकालाई निलम्बन गरेको छ। श्रीलंका क्रिकेटले गम्भीर आरोप लागेका गुणातिलकालाई सबै प्रकारका क्रिकेटबाट सोमबारबाट निलम्बन गरेको हो।
यसैबीच श्रीलंका क्रिकेट बोर्डले यस विषयमा छानबिन समेत गर्ने भएको छ।
अष्ट्रेलियामा उनी दोषि ठहरिए उनलाई थप कारबाहीसमेत गर्ने बोर्डले जनाएको छ।
टी–२० विश्वकपका लागि अष्ट्रेलिया पुगेका गुणातिलकालाई आइतबार अष्ट्रेलिया प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको थियो।
अष्ट्रेलियाली प्रहरीका अनुसार गुणातिलकाविरूद्ध २९ वर्षीया महिलाले बलात्कारको उजुरी दिएकी थिइन्।