एनआईसी एशियाका सीईओ न्यौपानेले वडा कार्यालयको अनुमति विपरित बाटो सट्टापट्टा गरेको खुलाशा

दियो पोस्ट  

काठमाडौं । एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेको बुढानिलकण्ठ २ स्थित निर्माणाधिन भव्य निवास प्रवेश गर्ने बाटो सट्टा पट्टा गर्दा तत्कालिन वडा कार्यालयबाट समेत अनुमति नलिइएको पाइएको छ ।
यसअघि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र खड्काले स्थानियबासीसँग समझदारी वडा कार्यालयमा पेश भएपनि वडा कार्यालयले भने बाटो सट्टा पट्टाका लागि स्विकृति नदिएको बताएका हुन् । ‘उहाँहरुले वडाबासीसँग कागज गराएका हुन् ।

त्यो कागजलाई वडा कार्यालयले स्विकृति दिएको छैन । त्यो दर्ता पनि छैन । वडाले कुनै चिठी पनि दिएको छैन,’ उनले दियोपोस्टसँग भने,‘जग्गा सट्टा पट्टा गर्नेमा उहाँहरु दायाँ बायाँ मिलेर गर्नु भएको हो । अगाडी पटिबाट उहाँले जग्गा दिएको भनिएको छ । पछाडीबाट प्रयोग भइरहेको बाटो अहिले बन्द छ ।’

उनका अनुसार सीईओ न्यौपानेले टावर तर्फको बाटो प्रयोग गर्न भनेका छन् । तर, त्यो बाटो सुचनरु भइसकेको छैन । यसअघि कालोपत्रे भएको बाटो न्यौपानेले आफ्नोमा पारेर कच्चीबाटो भने सर्वसाधरणलाई हिँड्न खुलाएका छन् ।
उनका अनुसार यसअघि सर्वसाधरणले हिँड्ने सिढि भएको बाटो समेत सीईओ न्यौपानेले कब्जा गरेका छन् । उनका अनुसार स्थानिय निकाय र सरकारी निकायको अनुमतिमा भन्दा पनि टोलबासीको अनुमतिमा बाटो सट्टा पट्टा भएको हो । जबकी नेपाल सरकारको अनुमति बिना बाटो सट्टा पट्टा गर्न पाइँदैन । ‘पछि हामीले तपाईंहरु सहमति गर्नुस् बाटो जहाँबाट भएपनि निकास चाहिँन्छ भनेका थियौँ,’ उनले भने,‘अगाडीबाट अर्को साँघुरो बाटो दिइएको छ ।’
उनले यस्तो दाबी गरेपनि दायाँ तर्फ कुनै पनि बाटो दिइएको छैन । बाटो समेत बनेको छैन । ‘जग्गा कसकसको पर्यो भन्ने विवाद पनि भयो । त्यो विवाद पनि मैले नै मिलाइदिएको हुँ,’ उनले भने ।
‘उहाँले सरकारी जग्गा मिचेर वाल लगाएको थाहा पाएपछि हामीले नै निर्णय गरेर सार्न लगाएका हौँ,’ उनले भने,‘नगरपालिकामा त्यसको निर्णय भएको हो ।’

सीईओ न्यौपानेले सरकारी जग्गा अतिक्रमण गरेर भव्य महल बनाउँदै छन् । महलको दायाँ बायाँ दुवै तर्फ उनले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा खबर प्रकाशित भएको थियो । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ ले सार्वजनिक सुचना निकालेर नै अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

वडा कार्यालयको निर्देशनपछि न्यौपानेले अतिक्रमण गरेको क्षेत्रबाट आफ्नो वाल सारिरहेका छन् ।

एनआईसी एशियाका सीइओ रोशन न्यौपानेले सरकारी पर्ति जग्गा अतिक्रमण गरेर बनाए ‘भव्य दरबार’ !

एनआइसी एशिया बैंकका सीइओ न्यौपानेको ‘दरबार’ छिर्न सर्वसाधरण हिँड्ने बाटो नै सट्टापट्टा !

सिफारिस