इङ्ग्ल्यान्ड भारतलाई हराउँदै टी–२० विश्व कप क्रिकेटको फाइनलमा

दियो पोस्ट  

काठमाडौं । इङ्ग्ल्यान्ड भारतलाई हराउँदै टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । आज कात्तिक २५ गते भएको सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेको हो ।

भारतले दिएको एक सय एक सय ६९ रनको लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६८ रन बनायो ।

साथै इङ्ग्ल्यान्डले फाइनलमा आउँदो आइतबार मेलबर्नमा पाकिस्तानसँग खेल्नेछ ।

सिफारिस