धर्नाको १४४ दिन पूरा, माइतीघरको चिसो सडकबाट छोरीलाई न्याय दिलाउने अठोट (भिडियोसहित)

आरति साह मृत्यु प्रकरणः

दियो पोस्ट  

काठमाडौं । गत जेठको ७ गते, धनुषामा आरती साह श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । २२ वर्षकी आरतिले आत्महत्या गरेको भनिए पनि परिवारलाई यसमा पूरा भर लागेन । प्रहरीको अनुसन्धानमा उनीहरूलाई शंका छ । त्यसैले सत्यतथ्य छानबिनको माग राख्दै असार १ गतेदेखि उनीहरू धर्नामा छन् । धनुषाबाट न्याय माग्न केन्द्रीय राजधानी आइपुगेका उनीहरू चौबीसै घन्टा माइतीघरमा बस्छन्। तातो, चिसो, हावा, पानी जे आओस्, छेकिने ठाउँ वरिपरिका ब्यानर हुन्। तिनै ब्यानर जसमा उनीहरूका माग लेखिएका छन्, आरोप छन्, गुनासा छन्। यसमध्ये एउटामा आरतीको फोटाे। छोरी भन्नासाथ निर्मलादेवी (आरतिकी आमा) भक्कानिन्छिन्। यही अवस्थामा ११४ औं दिन पूरा भएको छ । यत्रो दिन बिते पनि सम्बन्धित निकायले चासो भने देखाएको छैन । उल्टै धर्ना बसेका उनीहरुलाई प्रहरीले दुःख दिदै आएको बताउँछन् आरतिका दाई प्रेम साह ।

प्रहरीले मेडिकल चेकजाँच भन्दै जबरजस्ती अस्ताल लगेर गएको दिन वीर अस्पताल अगाडि निर्मलादेवी

 

न्याय माग्दै माइतीघर धर्ना बसेको लामो समय बितिसक्दा पनि सरोकारवालाको चासो नदेखिएपछि उनीहरु समयअघि प्रहरी वृत्त सिंहदरबार बाहिर अनसन बसे । आरति साहका दाई प्रेम साहका अनुसार उनीहरु उक्त समयमा २ दिन देखि केही नखाई अनसन बसिरहेका थिए । सोही क्रममा प्रहरीलेउनीहरुलाई मेडिकल चेकअपका लागि भन्दै जबरजस्ती विर अस्पताल पुर्याइयो । “हामी प्रहरी बिट सिहंदरबारमा २ दिनदेखि अनसन बसिरहेका थियौं । त्यसपछि प्रहरीले मेडिकल चेकअपका लागि भन्दै जबरजस्ती एम्बुलेन्समा हालेर विर हस्पिटल ल्यायो ।” साहले भने,“प्रहरीले जबरजस्ती भर्ना गर्न खोजेको थियो तर हाम्रो अवस्था सामान्य भएको भन्दै डाक्टरले भर्ना गर्न अस्विकार गर्नु भयो । त्यसपछि हामीलाई प्रहरीको गाडीमा बस्न भन्नु भयो हामी बस्यौं तर केही समयपछि फेरि प्रहरीले अपशब्द बोल्दै हामीलाई गाडीबाट उतारेर यिनीहरुलाई गोली ठोकेर मार्नुपर्छ भन्नु भयो । त्यसपछि हामीलाई तीन जनालाई अस्पतालको गेटका छोडेर जानु भयो ।”

उनले यस्ता क्रियाकलापले आफूहरु एकदमै त्रसित भएको बताए । प्रेमका अनुसार प्रहरीले सोही क्रममा निर्मलादेवीमाथि दुव्र्यवहार गरेका थियो । “भ्यानमा कुटपीट गर्दै ल्यायो यहाँ झरेपछि गुण्डासँग मिलेर कुट्यो । यति मात्रै नभई मेरो ममीको साडी फुकालेर हस्पिटलको गेटमा नांगै पारे । के हाम्रो इज्ज्त छैन? के हामी नेपाली होइन?” उनले प्रश्न गरे । प्रहरीले आपूलाई धर्नामा बस्दो पटक पटक आएर ब्यानर च्यादै आएको र केही गुण्डा नाइकेसँग मिलेर कुटपीट गरेको प्रेम बताउँछन् ।

वीर अस्तालको गेटमा आमाछोरा

यता मृतक साहका बाबु दाइजोका नाममा छोरीको हत्या गरेका र यसकै लागि न्यायको माग गर्दा प्रहरले यातनामाथि यतना दिँदै आएको बताउँछन् । उनले महिला आयोगलगायतल सम्बन्धित निकायले आश्वासन मात्रै दिएको उनी बताउँछन् । गृहमन्त्रीसँगको बार्तापछि उनीहरुमाथि चक्कु प्रहार पनि भएको विनोदप्रसाद बताउँछन् । उनका अनुसार सोही क्रममा होहल्ला हुँदा उनीहरुमाथि प्रहार गर्ने व्यक्तिहरु फरार भएका थिए । “हामीमाथि चक्कु प्रहार हुँदा एकजनाको मोवाइल पनि यही खसेको थियो । पछि उक्त मोवाइल हामीले प्रहरी वृत्त सिंहदरबारमा बुझाएका छौं । तर अहिलेसम्म उहाँहरुको कुनै जवाफ आएको छैन ।” उनका अनुसार गृहमन्त्री नाराणकाजी श्रेष्ठसँग दुई पटक भेटिसकेका छन् । उनले भने, “हामीले २ पटक त गृहमन्त्रीलाई भेटिसकेका छौं । लास्ट चोटी दशैको १ हप्ता अघि भेट्दा हामीलाई टाइम दिनुुुुुस् र यसको निष्पक्ष छानबिन गर्छाै भन्नु भएको थियो । तर आजसम्म केही भएको छैन ।” प्रहरीले कहिले धर्नास्थल आएर हातपात गर्छ त कहिले मेडिकल चेक चाँज भन्दै कुट्दै अस्पताल लिएर जाँछ । “धर्नाको १२१ दिनमा शनिबार थियो । विहानको ७ बजे प्रहरी आएर हाम्रो ब्यानर च्यादै हामीलाई लछारपछार गरेर उठाएर लियो । हामीले किन हामीलाई यसरी उठाएर ल्याउनु भो? हाम्रो गल्ती के हो भन्दा उहाँहरुले माथिको आदेश हो भन्छन् । यो गणतन्त्र होइन लुटतन्त्र हो ।”

प्रहरीले आफूहरुमाथि जे मन लाग्यो त्यही गर्दै आएको उनको आरोप छ । तर आफूहरुको ज्यान जोखिमा भएपनि छोरीलाई न्याय दिलाएर मात्रै घर फर्किने उनको अठोट छ ।

 

TATA ADD