धादिङ्गका उत्तरी भेगका विकट बस्तीका विद्यालयमा कम्प्युटर र प्रिन्टर सहयोग

दियोपोस्ट संवाददाता

काठमाडौं । विगत लामो समयदेखि पर्यटन व्यावसाय र समाजसेवामा सक्रिय शितलचन्द्र धरेलको पहलमा धादिङ्गको निकै विकट मानिएको उत्तरी भेगका विभिन्न विद्यालयमा कम्प्युटर सहयोग हस्तान्तरण भएको छ ।

उनको पहलमा बेलायतस्थित हेल्प रुलर नेपालले कम्प्युटर, प्रिन्टर र अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो । समाजसेवी उक्त संस्थाको नेपाल प्रतिनिधि समेत रहेका धरेलका अनुसार गंगाजमुना गाउँपालिका ३ स्थित चिमचोक आधारभूत विद्यालयलाई चार वटा कम्प्युटर र एक थान  प्रिन्टर हस्तान्तरण गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका खहरेस्थित त्रिपुरा सन्दरी उपस्वास्थ्य चौकीलाई एक थान कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

यता निलकण्ठ नगरपािलका १० स्थित जनभावना आधारभूत विद्यालयलाई चार थान कम्प्युटर र एक वटा प्रिन्टर हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा युकेस्थित हेल्प रुलर नेपालका आधिकारीक प्रतिनिधि पाम र फ्लिस पनि सहभागी थिए । उनीहरुलाई स्थानियबासीले बाजागाजासहित स्वागत गरेका थिए ।

सिफारिस