पीडित घिमिरेको खण्डन : भ्याली भ्यू स्कुलका संचालक ओझा र विष्ट निर्दोष छन्

दियोपोस्ट संवाददाता

काठमाडौं । जग्गा कारोबार सम्बन्धी एक समाचारमा पीडित पक्ष भनिएका लेखनाथ घिमिरेले दियोपोस्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् । घिमिरे र उनकी पत्नि मिनादेवि पौडेलको नाममा रहेको एक रोपनी नौ आना जग्गा १२ करोड ९० लाखमा विक्री भएको थियो । उक्त जग्गा खरिद गर्ने खगेन्द्र ओझा र नरबहादुर विष्टसँग सबै हरहिसाब फरफारक भएको र उनीहरुका कारण आफू पीडित नभएको भन्दै दियोपोस्टको समाचारमा उनले खण्डन गरेका छन् ।

‘उक्त समाचारमा उल्लेख भएको पिडित भनेको व्यक्ति म लेखनाथ घिमिरे र मेरो श्रीमती हौँ । हाम्रो नाउमा भएको जग्गा विक्री गरेबापत पाउनुपर्ने रकम भ्याली भ्यू स्कुल र यसका संचालकहरुबाट प्राप्त गरिसकेका छौँ,’ समाचारको खण्डनमा भनिएको छ,‘अब हामीले उक्त स्कुल र त्यसका संचालकहरुको हकमा हाम्रो कुनैपनि दाबी छैन । यो जग्गा खरिदको विषय भएको र सो बापतको रकम प्राप्त गरिसकेको सम्पूर्ण दाबी आफ्नो स्वयच्छाले, कसैको दबाव विना हामीले कानुन बमोजिम कागज नै गरि दाबी छाडेको अवस्थामा पिडितका अनुसार भनि त्रुटिपूर्ण रुपमा त्यहाँबाट प्रेसित समाचार गलत भएकोले त्यसको खण्डन प्रकाशन गरि उक्त समाचार हटाइँपाउन अनुरोध गर्दछु ।’

पीडित घिमिरेका अनुसार उनीहरुको जाहेरी र उजुरी सन्तोष पौडेलको हकमा मात्रै कायम छ ।

 

 

सम्बन्धित खबर

सिफारिस