कलंकी क्षेत्रमा ट्राफिक इन्सपेक्टर अभय लामाको घुस आतकं, हेडक्वार्टरद्वारा छानबीन !

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी निरिक्षकमाथि प्रहरी प्रधान कार्यालयले छानबीन थालेको छ । कलंकी क्षेत्रमा कार्यरत प्रहरी निरिक्षक अभय लामाले यातयात क्षेत्रका व्यावसायी र चालकसँग अवैध रुपमा घुस रकम मागेको सुचना र प्रमाणसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि अख्तियारले छानबीनका लागि प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन दिएको हो । उक्त निर्देशनपछि प्रहरीले लामासहित सई रुद्र हेडक्वार्टरले छानबीन थालेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत रहँदा घुस उठाउने र घुस नदिने व्यापारीलाई दिनदहाडै प्रहरी बर्दिको दुरुपयोग गर्दै कारबाहीको धम्की दिने लामा अहिले स्वयं कारबाहीको मुखमा पुगेका हुन् । कलंकीको मकालु क्षेमा नाइट बस तथा २ नम्बर प्रदेश जाने बसहरुबाट खुलेआम प्रत्येक गाडीबाट ३ सय देखि ४ सय रुपैयाँसम्म घुस उठाउन लामाले क्युआरटी रुद्र नाम गरेका सईलाई खटाएका थिए ।

हात्ती गाडीबाट सामान बोकेको देखे लामाले प्रति गाडी २ हजार रुपैयाँसम्म असुली गर्ने गरेको रिपोर्ट अख्तियारमा पुगेको छ । गत कार्तिक ५ गते अख्तियार मार्फत प्रहरी प्रधान कार्यालयलाई गरिएको पत्राचारमा लामाले क्युआरटीका सईलाई घुस उठाउन खटाएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले लामामाथि छानबीनका लागि समिति नै बनाएको छ । प्रहरी निरिक्षक विकास थपलियाको नेतृत्वमा छानबीन समिति बनाइएको हो ।

समितिले नै लामाबारे थप तथ्यहरु संकलन गर्दै छ । विभिन्न यातयात व्यावसायीहरुलाई बोलाउने र बयान कागजमा हस्ताक्षर गराउने काम भइरहेको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी भरत बहादुर बोहरालाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले आफू उपत्यका प्रहरी परिसरमा बैठकमा रहेको जानकारी दिए ।

सम्बन्धित खबर