झाँक्री प्रकाश भुजेलको साथमा बागमती प्रदेश सरकारले दिएको पत्रकार प्रेस पास

दियोपोस्ट संवाददाता  

काठमाडौं । आफूलाई झाँक्री बताउने र झारफूक गर्ने हाल प्रहरी हिरासतमा रहेका प्रकाश भुजेलसँग पत्रकार परिचय पत्र अर्थात प्रेस पास समेत रहेको पाइएको छ । पत्रकारिता गरिरहेकाहरुले पेशागत परिचयका लागि बोक्ने सरकारको सुचना तथा प्रशारण विभाग र बागमती प्रदेश संचार रजिष्ट्रार कार्यालयबाट पाउने परिचय पत्र झाँक्री भुजेलले समेत पाएको खुलेको छ । बागमती प्रदेश संचार रजिष्ट्रार कार्यालयले उनलाई पत्रकार परिचय पत्र उपलब्ध गराएको खुलेको हो ।

सन् २०२३ जुलाई १६ सम्मको अवधिका लागि भन्दै बागमती प्रदेश संचार रजिष्ट्रार कार्यालयले उनलाई प्रेस कार्ड दिएको खुलेको हो । यसअघि सुचना तथा प्रशारण विभागबाट प्रेस कार्ड जारी गर्ने प्रचलन थियो । मुलुक संघीयतामा गएसँगै स्थापित भएको बागमती प्रदेश संचार रजिष्ट्रार कार्यालयले पत्रकारिता नगर्ने र झारफुक गर्दै हिँड्ने झाँक्रीलाई प्रेस पास दिएको खुलेको हो । उनको मिडियाको नाम टिभी पंचाली अाठ के रहेको छ । जबकी यस्तो संचार माध्यम हालसम्म देखिएको छैन । नक्कली संचार माध्यम र नक्कली पत्रकारलाई पत्रकार परिचय पत्र दिएको आशंका बढेको छ । यस विषयमा प्रतिक्रिया लिन दियोपोस्ट डटकमले बागमती प्रदेश संचार रजिष्ट्रार रेवती सापकोटालाई सम्पर्क गर्दा उनले मोबाइल स्विच्डअफ छ ।

गत बुधबार दिउँसो भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको टोयोटा ल्याण्डक्रुजर प्राडो गाडीले शंखरापुरमा बागमती प्रदेश ०२—०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको ठक्करबाट ३८ वर्षिय नारयाण नगरकोटीको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमती किसानुमाया नगरकोटी गम्भिर घाइते भएकी थिइन् ।  भुजेलको लापरबाहीले मृतककी श्रीमतीको समेत उपचारका क्रममा निधन भएको थियो । मृतक किसानी मायाको कोखको गर्भको समेत निधन भएको खुलेको छ ।दुर्घटनापछि फरार भुजेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

TATA ADD