छठपछि सरकारविरुद्ध शसक्त आन्दोलन गर्ने कांग्रेसको घोषणा

दियो पोस्ट  

 

काठमाडौँ, कात्तिक १५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छठपछि सरकारविरुद्ध शसक्त ढंगले अन्दोलन गर्ने घोषण गरेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जनताको अपेक्षाअनुसार कम्युनिष्ट सरकारले केह ीगर्न नसकेको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने बताएका हुन् ।

कम्युनिष्ट शासनलाई मुल्यांकन गरेर हेर्दा छोटो समयमा नै सरकारले जनतामा आशाभन्दा पनि निराशा भरेको आरोप लगाएका छन् । विहीबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै उनले केही दिन सरकारलाई खबरदारी गर्ने र आवश्यक परे शसक्त रुपमा सडक र सदनमा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

तत्कालै बस्ने कांग्रेस केन्द्रिय समितिको वैठकमा सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्ने भन्नेबारेमा बृहत रुपमा छलफल हुने नेता महतले बताए ।
सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’ उनले भने ,‘कानुनलाई होईन हामीलाई फलो गर भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’

स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले यस्तो पैवृत्तिले स्वदेशी तथा विदेशी लगानीको वातावरण निरुत्साहित बनेको बताए । यसअघिका सरकारमा भन्दा ओली सरकारमा लगानी घटेको समेत उनले बताए । वैदेशीक र स्वदेशी लगानीलाई निरुत्साहित गरेर कसरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ? उनले प्रश्न गरे ।

सरकारकै लाचारीका कारण मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएको पनि उनले बताए । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड वडी विमानमा पनि भ्रष्टाचार भएको उनको ठहर थियो । जनताले ओली सरकारबाट जे चाहेका थिए त्यो प्राप्त गर्न नसक्दा जनताले ओली सरकारबाट चाँडै मुक्ति खोजेको नेता महतले बताए ।

TATA ADD

सिफारिस