स्रोत नखुलेको २२ लाख ५० हजारसहित नागढुंगाबाट एकजना पक्राउ

स्रोत नखुलेको २२ लाख ५० हजारसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौँ, कात्तिक १६ । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजारसहित नागढुंगाबाट एक जनालाई पक्राउ गरेका छन् । महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका थिए । त्यसक्रममा खानतलासी गर्दा उनले शरीरमा लुकाएको अवस्थामा रकम बरामद भएको नागढुंगाका प्रहरी कार्यलयले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट उक्त रकम अवैैध सुन किन्नको लागि लुकाइछिपाई ल्याईएको खुलेको छ । सोही सुचनाका आधारमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालीका ४ का ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकीको कपडाको झोला तथा शरिरमा २२ लाख ५० हजार रुपैंया बाँधेर ल्याएको अवस्थामा फेला परेको हो ।
थप अनुसन्धानका लागि राजस्व अनुशन्धान पठाइएको प्रहरीले जनाएको छ ।

Trending News