यातायात व्यवस्था कार्यलयका नायब सुब्बा र शाखा अधिकृत विरुद्ध अख्तियारको मुद्धा

दियो पोस्ट  

काठमाडौँ, कात्तिक १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यलय सवारी चालक अनुमतिपत्र वितरण कार्यलय सुकेधाराका नायव सुव्बा नवराज पराजुली र शाखा अधिकृत लोक बहादुर लामा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

लिखित र प्रयोगात्मक परीक्षा पास गरिसकेका सेवाग्राहीलाई परीक्षामा फेल भएको भन्दै पास गराइदिने प्रलोभन देखाइ घुस मागेको आरोपमा अख्तियारले पराजुली र लामा विरुद्द मुद्दा दायर गरेको हो । आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पराजुलीलाई पाँच हजार रुपैयाँ घुस बापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरी अनुसन्धान गरेको थियो ।

यस्तै कार्यालयका शाखा अधिकृत लामाले नायव सुब्बा पराजुलीसंग मतियारको रुपमा काम गरेको पुष्टी भएकोले उनीविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।