काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापानमा ४० लाख रुपैयाँ खर्च भएको छ । पार्टी एकीकरण भएपछि कार्तिक १० गते राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको शुभकामना आदानपदान कार्यक्रममा एवं चियापान कार्यक्रममा चालिस लाख खर्च भएको छ ।
नेकपाको केन्द३दीय कार्यालयमा क्याटरिङले पेश गरेको बिल बुझाउने क्रम अझै सकिएको छैन । केन्दीय कार्यालयका लेखा आयोगका खिम भण्डारीले चियापनको बिल बुझाउने क्रम जारी रहेको बताए । उनले भने,‘मोटामोटी बिल बुझाउने काम भएको छ, करिब ४० लाख रुपैयाँ खर्चको बिल आउने अनुमान हामीले गरेका छौ, सबै बिल कार्यालयमा आइपुगेको छैन ।’
चियापानमा नेकपाले बोतामा निम्की, केरा र चिया खुवाइएको थियो । नेकपाले चियापान कार्यत्रलमा पचास हजारलाई निमन्त्रण गरेको थियो । चियापानको दिन नेकपाले सुरुवाती चरणमा वीस हजारलाई नास्ता सहित चिया खुवाएको थियो । बिपी कोइरालाले २०३३ सालमा निर्वासनबाट नेपाल फर्किएपछि दुई हजार चौतीस सालको दशैको पर्णिमाको दिनबाट मेलमिलापको नीति सहित चियापान कार्यक्रमको सुरुवात गरेका थिए । कांगेसको नीति पछयाउदै कम्युनिष्टहरुलेपनि पछिल्लो सयममा चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन् ।