आलु पार्टी सम्मेलनः तेस्रो लिङ्गिलाई आलु कार्यक्रमको सभापति

Diyo post  

काठमाडौं । बि स २०३४ साल देखि निरन्तर रुपमा हरेक बर्ष मनाउदै आएको आलु पार्टी सम्मेलनन यो वर्ष पनि भएको छ । आलु पाटी हाँस्यब्यङ्ग उत्सब यसपाली पनि कागतिहारको दिन मनाइयो । आलुबाट बनाइएको तेस्रो लिङ्गि आलुलाई सभापति बनाइएको कार्यक्रममा थुप्रै हास्य ब्यङ्ग कवि कलाकारको उपस्थिति थियो ।

छक्का पन्जा टिमका दिपक दिपा जितु नेपाल , केदार घिमिरे प्रमुख आकर्षण रहेको कार्यक्रममा घनश्याम गौतम ‘नक्कली प्रचण्ड’को प्यारेडी गित को प्रस्तुति रहेको थियो भने डम्बर घिमिरे , मनोज आचार्य, डा. बम बहादुर थापा जिताली, पिँडालु पण्डित, मुना खतिवडा, टेक बहादुर कोईराला लगायतको कबिता ले दर्शकलाई मज्जाले हसाएका थिए ।

गायक अजय अधिकारी ‘शुसिल’ले सन्चालन गरेको कार्यक्रममा आलु पाटी सरकार प्रमुख राम कुमार पाँडेले आलु पाटीको महिमा सुनाएका थिए ।

कागतिहारको दिनलाई हास्य ब्यङ्ग दिवसको रुपमा मनाउन संखघोस गरि खोर्सानी को धुप लगाएर १ मिनेट हाँसेर सबैले अनुमोदन गरेका थिए ।

जितु नेपाल, केदार घिमिरे र दिपा श्री ले समेत ब्यङ्ग गर्दै सबै दर्शक तथा सहभागीला हँसाएका थिए । कार्यक्रममा शिरोमणी दवाडीको मखमली, अश्विनि कोईरालाको पारिजात, बिजयराज आचार्यको रातकी रानी र किरण पौडेलको गोदावरी नामक चार वटा हाइकु सँग्रह पनि बिमोचन गरिएको छ ।

सम्बन्धित खबर