विजय गच्छदारलाई उपसभापति बनाएपछि कांग्रेसमा भाँडभैलो, पौडेल र सिटौला पक्षको विरोध !

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले विजय कुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्ष असन्तुष्ट बनेको छ ।

बैठक सकिएको केही बेरमै पूर्व उपसभापति समेत रहेका पौडले र पूर्व महामन्त्री सिटौलाले निर्णय प्रक्रियामा आपत्ति जनाएका हुन् ।

बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंह र अर्जुननर सिंह केसीले निर्णय प्रक्रियामा आपत्ति जनाएका हुन् ।

‘गच्छदार प्रति हाम्रो आपत्ति होइन । विधि विधान पुर्याएर बाधा अड्काउ फुकाएर गर्नु पर्ने थियो,’ दुई नेताको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘यसरी राजनीतिक रुपमा निर्णय गरेर राम्रो सन्देश गएन ।’

नेता पौडेलले पनि प्रक्रिया प्रति असहमति जनाएका थिए ।

नेताहरुले प्रश्न गरेपछि देउवाले गच्छदार एकतामा आएको एक वर्ष भएको र यसलाई अपवादको रुपमा मानिदिन आग्रह गरेका थिए ।

सिफारिस