तिहारको अवसरमा प्रधानमन्त्रीको शुभकामना, आर्थिक रुपान्तरणको अभियानमा एकजुट भएर लाग्न आह्वान (भिडियोसहित)

Diyo post  

काठमाडौँ, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुहरुको दोस्रो महान चाड दिपावलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सम्पुर्ण नेपाली जनमा सुस्वास्थ्य र प्रगतीको कामना गर्दै देशलाई आर्थिक रुपान्तरणमा अघि बढाउनको लागि सबै एकजुट भएर लाग्न समेत आह्वान गरेका छन् । आर्थिक समृद्धीतर्फ देशले प्रारम्भिक फड्को मारिसकेको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि हाम्रो देश हामीले नै बनाउनु पर्छ भन्ने भावना सबैमा हुनुपर्ने पनि बताए । सामाजिक संजाल ट्वीटरमार्फत शुमकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका कुरा जस्ताको तस्तै :

उज्यालोको पर्वको रुपमा मनाईदै आएको तिहारको अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पुर्ण दिदीवहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुखसमृद्धी र प्रगतीको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु । मैले प्रधानमन्त्री पदमा निर्वाचित भएको केही समयमा नै यहाँहरुसमक्ष आफ्ना हृदयदेखीका भावहरु अभिव्यक्त गरेको थिएँ । अबको हाम्रो सर्वपरि राष्ट्रिय अभिभारा संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धी नै हुनेछ । आर्थिक विकासको गतिलाई अब असाधारण तिब्रता दिइनेछ । चालुु आर्थिक बर्षको पहिलो तिन महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ४२ प्रतिशतले राजस्व संकलनमा वृद्धी भएको छ । सरकारी कामकाजमा मितव्ययिता अपनाउदै फजुल खर्चमा व्यापक कटौती गरिएको छ । सरकारले विश्व बजारमा अमेरिकी डलरको बृद्धी भइरहँदा पनि मुद्रास्फितिको बढ्न दिएको छैन । दैनिक उपभोग्य बस्तुको मुल्य नियन्त्रणको प्रयासलाई जारी राखेको छ । पुँजीगत खर्चमा वृद्धी भइरहेको छ । गत आर्थिक बर्षको तुलनामा निर्यातमा झण्डै १७ प्रतिशतले बृद्धी भएको छ । समृद्धीतर्फको हाम्रो गन्तव्यमा यो सकारात्मक लक्षण हो । यसरी समग्र अर्थतन्त्रमा सुधारका केही लक्षण देखिएका छन् । हरेक नेपालीको मुहारमा खुशी ल्याउन सरकार नीजि क्षेत्रलाई साथै लिएर अघि बढिरहेको छ । केही समयअघि मात्र मेरो अध्यक्षतामा उद्यमी व्यवसायीहरु सम्मिलित उद्योग , वाणिज्य, प्रवर्धन सम्वाद परिषद गठन गरिएको छ । देशमा राजनीतिक स्थायित्व कायम भइसकेको छ । सरकार सुशासनका निम्ति समर्पित छ । यसका अनुकुलतका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउँदैछौँ । हाम्रो देश हामीले नै बनाउने हो भन्ने आत्मसाथ गर्न सबैलाई आग्रह गर्दै तिहारको हार्दिक शुभकामना व्यक्त गर्दछु ।


 

सम्बन्धित खबर