पेट्रोल पम्पमा अत्याधुनिक सफ्टवेयर जडान गरेरै ठगी

दियो पोस्ट  

  1. पम्पमा अत्याधुनिक ठगी

  2. पेट्रोल पम्पमा सफ्टवेयर जडान गरेरै ठगी, ६ पम्प सिल, देशभरका १५ प्रतिशत पम्पमा यस्तो धन्दा जारी रहेको आकलन

  3. कलैयास्थित विजय आयल स्टोर, अमित आयल स्टोर, स्वस्थानी आयल स्टोर, मोहम्मद आयल स्टोर, श्रीशंकर आयल स्टोर र काठमाडौंको बंगलामुखी आयल स्टोरमा तेल चोर्ने अत्याधुनिक सफ्टवेयर ।

  4. पम्प किन्दै ठगी गर्ने मेसिन जडान

  5. बाराबाट पत्ता लाग्यो ठगी, काठमाडौंमा पुष्टी ।

    दशैंपछि बाराका ५ पम्प समातिए ।

काठमाडौं, कात्तिक २६ । पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ।

डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएको छ।

आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

‘डिस्पन्सिङ पम्पको डिस्प्लेमा बढी परिणाम र मूल्य देखाउने, तर इन्धन चाहिँ कम झर्ने सफ्टवेयर जठान गरेको भेटियो,’ उनले भने, ‘हामले दसैंअघिबाट गरेको अनुगमनले करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ।’ सोमबारको नयाँ पत्रिका दैनिकमा खबर छ ।