बेलायतमा छायाँमन्त्रीसँग शाहीको भेट

बेलायतमा छायाँमन्त्रीसँग शाहीको भेट

काठमाडौं, कात्तिक २७ । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले लेबर पार्टी बेलायतका स्याडो अर्थ मन्त्री माननीय सीमा र लेबर पार्टीका युबा नेता रिया बनार्डसँग भेट गरेका छन् । केही दिनदेखि युरोपका बेलायतसहितका देशको भ्रमणमा रहेका शाहीले भेटघाट सौहाद्रपूर्ण भएको जानकारी दिए ।

भेटका क्रममा नेपाल र बेलायतको सम्बन्ध, कांग्रेस पार्टी र लेबर पार्टीको सम्बन्ध साथै नेपाली युवा र बेलायती युवाहरुको बीचमा अनुभव, सीप, ज्ञान, विचार आदानप्रदान गर्ने विषयमा महत्वपूर्ण कुराकानी तथा छलफल भएको जानकारी दिए

Trending News