काठमाडौं, कात्तिक २९ । सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गरेको भन्दै एक अन्तर्राष्ट्रिय संस्थाले नेपाल प्रहरीलाई डिजिटल अवार्ड दिएको छ । एसिया–ओसिनिया कम्युटिङ अर्गनाइजेसनले नेपाल प्रहरीलाई ‘एसोसियो २०१८ डिजिटल गभर्मेन्ट अवार्ड’ प्रदान गरेको हो ।
उक्त अवार्ड नेपाल प्रहरीको तर्फबाट कम्युटर एसोसियसन अफ नेपाल क्यानका सदस्य डा। अभिजिन गुप्ताले गत २२ कात्तिकमा जापानमा लिएका थिए । डा। गुप्ताले बुधबार प्रहरी प्रधान कार्यालयमा उक्त अवार्ड प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रदान गरेका छन् ।
एसिसियो २४ देशका आइसिटी एसोसियनहरूको प्रतिनिधित्व रहेको संस्था हो । जसमा १० हजारभन्दा धेरै आइटी कम्पनी आबद्ध छन् । एसिसियोले हरेक वर्ष चार विधामा पुरस्कार दिने गर्छ ।
जसमध्ये एउटा पुरस्कार यो वर्ष नेपाल प्रहरीलाई दिइएको हो । नेपाल प्रहरीले सेवा प्रवाहमा अपनाएको सूचना प्रविधिको मूल्यांकन गरी अवार्ड प्रदान गरेको प्रहरीको कम्युटर सेवा निर्देशनालयका डिआइजी सुनीलकुमार श्रेष्ठले बताए ।बिहबिारको नयाँ पत्रिकामा खबर छ ।