काठमाडौँ, मंसिर ३ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको स्मृतिमा सोमवार प्रचण्ड निवास खुमलटारमा स्मृति सभा आयोजना भयो। उक्त सभामा विभिन्न राजनीतिक नेता तथा राज्यका उच्च तहका व्यक्तिहरुदेखी कार्यकर्तासम्म उपस्थित भएका थिए । उपस्थित सबैको अनुहार मलिन र स्तब्ध थियो । प्रचण्डकी पत्नि सीता दाहालको अवस्था भन निकै भयावह थियो । उनि आफुलाई सम्हाल्न सकिरहेको थिइनन् । प्रचण्ड परिवारका सदस्यहरुको आँशुले त्यहाँ उपस्थित मानिसहरुको मुहारमा पिडा देखिन सकिन्थ्यो ।
यता प्रकाशका दुई पत्नि बिना मखर र सिर्जना त्रिपाठी पनि सकेसम्म सम्हालिँदै थिए । तरपनि उनिहरुको आखाबाट आँसु टिल्पिलाईरहेको थियो । दुबैजना एकअर्काबिच दिदीवहिनीको भावमा कुरा गर्र्दै पिडा साटिरहेका थिए । यो दृश्य देख्दा विना र सिर्जना बिच कुनैपनि मनमुटाव नभएको स्पष्ठ हुन्छ । विना प्रकाशकी कान्छी श्रमती हुन् ।
मंचमा बसिरहेकी प्रचण्डकी पत्नि आफ्नो छोराको विषयमा कुरा सुन्ने बित्तिकै भावविह्वल हुन्थिन् । छोरी र बुहारीले समातेर स्टेजसम्म पुगेकी उनी कहीले आफै सम्हालिन्थिन त कहिले आफ्नो पतिको पाखुरामा टाउको अडाउन पुग्थे । उता आफैपनि पिडामा रहेका प्रचण्ड आफ्नी श्रीमतीलाई सम्झाउदै बुझाउने प्रयास गर्थे ।
नेकपाका अध्यक्ष रहेका प्रचण्डले जनता र देशकै मायाको कारणले आफुमाथि यत्रो बज्रपात आईलाग्दा पनि सहन गर्ने शक्ति आएको बताए । ‘यो सहन गर्न नसकिने अवस्था हो उनले भने तर जनताकै माया र साथको कारण आफुलाई सम्हाल्दै यस्तो बज्रपात स्विकार्न सकेको हुँ ।’
प्रकाश दाहालको निधनले परिवारलाई मात्र नभई देशले समेत एक कुशल र क्षमतावान नेतृत्व गर्न सक्ने नेता गुमाएको प्रचण्डले बताए । उनले प्रकाशको योगदान र पार्टीप्रतिको कर्तव्यनिष्ट भावनालाई कदर गर्दै उनिप्रति सम्मान व्यक्त गरेका छन् । स्मृतिसभामा प्रचण्ड उनकी पत्नी, छोरी र दुई बुहारीहरुसहित प्रधानमन्त्री तथा अन्य उपस्थित व्यक्तिहरुले प्रकाशको फोटोमा माल्यार्पण तथा टिका लगाइदिएका थिए । उनकै स्मृतिसभाकै दिन प्रकाशको सम्झनामा एक स्मारिका समेत सार्वजनिक गरिएको छ ।