अनिद्राले यतिसम्मको भयावह खतरा निम्त्याउँछ, कसरी बँच्ने ?

दियो पोस्ट  

काठमाडौँ, मंसिर ४ । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नको लागि निद्रा अपरिहार्य छ ।सामान्यतया मानिसले दैनिक सातदेखी आठ घण्टा निदाउन जरुरी हुन्छ।निद्रा खानाजतिकै महत्वपुर्ण हुन्छ।जसले हाम्रो शरीर र मस्तिष्कलाई आराम प्रदान गर्छ तर, राम्ररी निद्रा पर्दै नपर्नु अनावश्यक निद्रा खुल्नु आदि अनिद्राका लक्षण हुन् । अनिद्रा भयानक समस्या हो । जसले दिनचर्या प्रभाव पार्नुका साथै अनेकौँ रोगको कारणसमेत बन्न सक्छ ।

अहिले अनिद्रा प्रमुख स्वास्थ्य समस्याका रुपमा विश्वभर देखा परेको । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार हाल विश्वमा १० प्रतिशत जनसंख्या अनिद्रापीडित छन् । अनिद्राका कारण मधुमेह, उच्च रक्तचापतौल बढ्ने, टाउको दुख्ने, तनाव हुनेजस्ता विभिन्न समस्या देखा पर्छन् । यस्तै अनिद्राको कारण अधिकांश मानिस मानसिक रोगको सिकारसमेत अुने गरेको पाईन्छ ।

अनिद्राबाट छुटकारा पाउन धेरै औषधी बनेका छन् । तर यस्ता औषधिले अन्य समस्यासमेत निम्त्याउने सम्भावना रहन्छ । अनिद्राबाट जोगिन घरमै केही प्राकृतिक उपाय अपनाउन सकिन्छ ।

बच्ने उपाय

सुत्नुअभि तातो पानीले नुहाउने
सन् १९९८ मा गरिएको एक अध्ययनअनुसार सुत्नुभन्दा अगाडी तातो पानीले नुहाउँदा निद्रा छिटो पर्नुका साथै गहिरो सुत्ने बानिको विकास हुन्छ । तातो पानीका कारण शरीरमा ताप बढ्ने हुन्छ । बाहिर निस्केपछि एक्कासी चिसो वातावरणमा आउँछ। यसले मस्तिष्कका साथै शरीरका अंगहरु शिथिल हुन्छन् र निद्रा पर्दछ ।

नियमित व्यायम गर्नुहोस्
व्यायाम गर्दा शरीरमा एक प्रकारको हर्मोन उत्पन्न् हुन्छ जसले छिटो निद्रा पर्दछ । यस्तै, नियमित काम गरिराख्ने मानिसमा अंग र दिमाग थाकिसकेको हुन्छ । फलस्वरुप चाँडो निद्रा पर्दछ ।

योग र ध्यान
पर्याप्त रुपमा निदाउन नसक्नुको अर्को मुख्य कारण हो तनाव।तनावले गर्दा निन्द्रा नपर्ने हुन्छ । यो बिस्तारै वानिको रुपमा विकास हुन्छ र समस्या बन्दै गएको पाईन्छ । योग र ध्यान गर्दा मानिसलाई तनाव कम हुन्छ । यसले मानसिक समस्याबाट राहत अनुभव हुन्छ । दिनहुँजस्तो योग र ध्यान गर्न सके अनिद्रा सुधार गर्न सकिन्छ ।

स्वस्थ आहार गर्नुहोस्
अधिकांश रोगको कारण हामीले खाने खाना बनिरहेको हुन्छ । सुत्नुभन्दा अगाडी सकेसम्म थोरै र हल्का खानेकुरा खानुहोस् । बेलुका धेरै खानेकुरा खानाले कतिपय अंग बढी नै सक्रिय रहनुपर्ने हुन्छ । जसले गर्दा शरीरका अंगहरुले पर्याप्त मात्रामा आरा मगर्न पाउँदैनन् । यसर्थ सुत्नभन्दा करिब दुईघण्टा अघि खाना खानुपर्दछ ।

सुत्ने कोठा शान्त राख्नुहोस्
राति अबेरसम्म निद्रा नपर्नुको अर्को कारण बेडरुमको वातावरण पनि हो । बेडरुमलाई सकेसम्म निद्रामैत्री अर्थात शान्त राख्न जरुरी छ । जहिले पनि आफु सुत्ने कोठा शान्त र आनन्द लाग्ने हुनुपर्दछ । कोठामा बाहिरी प्रकाशको व्यवस्था हुनु आवश्यक हुन्छ । साथै, प्रयोगमा ल्याईने कपडा आरामदायी हुन जरुरी हुन्छ ।

बेलुका चिया, कफीजस्ता पेय पदार्थबाट टाढा रहने
बेलुका सुत्नुभन्दा अगाडि चिया, कफी, डार्क चकलेटजस्ता पदार्थको सेवन गर्नुहुँदैन । यस्ता चिज खाँदा निद्रामा असर पुगिरहेको हुन्छ । कफीमा पाईने एक प्रकारको क्याफेइनले केन्द्रिय स्नायू प्रणालीलाई करिब पाँच घण्टासम्म सक्रिय राख्ने गर्छ । जसले गर्दा सजिलै निदाउन सकिँदैन । तसर्थचिया, कफी, कोल्डड्रिंक्स, चकलेटजस्ता बस्तुबाट टाढै रहनु लाभदायी हुन्छ । नयाँ पत्रिकाबाट

TATA ADD

सिफारिस