तीन दिन केन्द्रीय सदस्यलाई पढ्न दिएको नेपाली कांग्रेसको विधान मस्यौदामा के–के छन् (पूर्णपाठसहित)

दियो पोस्ट  

काठमाडौ, मंसिर ९ । कांग्रेस विधान संसोधन मस्यौदा समितिले मस्यौदा गरेको विधान पढ्नका लागि केन्द्रीय सदस्यहरुलाई तीन दिनको समय दिइएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैकठमा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।

विधानको मुख्य मस्यौदामा समितिका सबै सदस्यहरुले सहमति जनाएका छन् । तर, सदस्यहरबाटै आएको फरक मतलाई भने अलग्गै प्रतिवेदनमा उल्लेख गरिएको छ । यी फरकमतलाईसमेत पढेर केन्द्रीय सदस्यले १३ मंसिरदेखि हुने केन्द्रीय समितिको बैठकमा सुझाव दिन पाउनेछन् ।

कांग्रेस विधानमा केन्द्रीय सदस्य ८५ बाट बढाएर १४१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । तर, १५ प्रतिशत केन्द्रीय सदस्य मनोनित हुने भने १२५ सदस्यीय बनाउने विषय फरक मतमा समेटिएको छ ।

पदाधिकारी पहिलेकै कायम गर्दै फरक मतमा आएका तीन उपसभापत, तीन महामन्त्री र तीन सहमहामन्त्री, दुई उसभापति, दुई महामन्त्री र एकएक कोषाध्यक्ष र सहमहामन्त्रीसहितका विषयलाई फरक मतका रुपमा प्रस्तुत गरिएको छ । यसको विधानको व्यवस्थामा केन्द्रीय विभागको नाम मात्र उल्लेख हुने गरेकोमा विधानले विभागले गर्ने काम, कर्तव्य पनि उल्लेख गरेको छ ।

विधानले गाउँटोलदेखि केन्द्रसम्म गरी विभिन्न ८ वटा पार्टीका तह हुने उल्लेख गरेको छ । केन्द्र र पहिलो पटक हुन लागेको प्रदेश कार्यसमितिको भने महाधिवेशन हुनेछ । अन्य समितिमा अधिवेशन हुनेछन् ।

अब बस्ने केन्द्रीय समितिको बैठकमा सदस्यहरुले सुझाव दिएपछि आगामी मंसिर २८ देखि पुस ३ गतेसम्म बस्ने महासमिति बैठकमा विधान प्रस्तुत गर्ने कार्यक्रम छ ।

विधानको पुर्णपाठ