नेपाल भारत सिमामा अनेरास्ववियु र भारतीय सिमा सुरक्षा बलबीच ढुङ्गा हानाहान !

नेपाल भारत सिमामा अनेरास्ववियु र भारतीय सिमा सुरक्षा बलबीच ढुङ्गा हानाहान !

काठमाडौं, ३० कार्तिक । भारतीय सुरक्षा बल एसएसबी र सिमा रक्षारत विद्यार्थी संगठनबीच नेपाल भारत सिमा क्षेत्रमा झडप भएको छ । ईलामको सीमावर्ती क्षेत्र सन्दकपुरमा शनिबार ढुंगा हानाहान भएको हो ।

भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थीसँग झडप भएको हो।

सत्तारुढ दल नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अगुवाईमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको हो।

विद्यार्थीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘सीमा मिच्न पाइँदैन’ भन्दै नारा लगाएका थिए।

नारा लगाउँदै सन्दकपुर भ्यु–पोइन्ट छेउ पुगेपछि विद्यार्थीले अवरोध हटाएर भ्यु–पोइन्टमा राष्ट्रिय झण्डा फहराएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले बताए ।

अनेरास्ववियुका नेता रवीन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निषेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन् । झडपमा भारतीय सिमा सुरक्षा बल एसएसबीका एक जवान सामान्य घाइते भएका छन् ।

Trending News