पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी, सन्दीप परेनन्

पाकिस्तान सुपर लिगको ड्राफ्टमा पारससहित ७ नेपाली खेलाडी, सन्दीप परेनन्

काठमाडौँ, मंसिर २ । पाकिस्तान सुपर लिग (पिएसएल) टि–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा सात जना नेपाली क्रिकेटरहरुको नाम समावेश भएका छन् । सोमबार सार्वजनिक भएको ड्राफ्टमा पुर्वकप्तान पारस खड्कासहित सात जना नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम समावेश गरिएको हो ।

ड्राफ्टमा समावेश हुने खेलाडीहरुमा पुर्व कप्तान पारस खड्का, उपकप्तान दिपेन्द्रसिंह ऐरि, विनोद भण्डारी, आरिफ शेख, रोहितकुमार पौडेल, शरद भेषवाकर र सोमपाल कामी रहेका छन् ।

सात जना नै सिल्भर क्याटागोरीमा समावेश भएका छन्। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ।

क्यानले सिफारिस गरेका पाँच खेलाडी मध्येबाट आरिफ शेख र विनोद भण्डारी ड्राफ्टमा समावेश भएका छन्।

बलर करण केसी, अलराउन्डर पवन सर्राफ र स्पिनर ललितनारायण राजवंशी समावेश गरिएका छैनन्। यद्यपी ड्राफ्टको इमर्जिङ क्याटागोरीको ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ।

Trending News