धेरै पैसा लिएर थोरै स्पिड नेट दिने इन्टरनेट कम्पनिको ठगीधन्दा खोतल्दै सिआइबी !

दियोपोस्ट संवाददाता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अधिकांश ग्राहकहरुलाई झुक्याएर ठगी गर्दै आएका छन् । ग्राहकलाई कम्तीमा २० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै मासिक एक हजार पाँचसय भन्दा बढि असुल्दै आएका इन्टरेन सेवा प्रदायक कम्पनीहरुले एक तिहाई एमबीपीएस मात्र उपलब्ध गराएर दुईतिहाइ एमबीपीएससम्म ठगी गर्ने गरेको पाइएको छ ।
यसरी ठगी गर्नेहरुमा सबैभन्दा अगाडि वल्र्ड लिंक, सुविसु, भायोनेटलगायत रहेका छन् । सुविसुले छ ६ महिनासम्म नयाँ राउटर प्रयोग गरेपछि काम नलाग्ने भन्दै तीन हजार भन्दा बढि खर्च गराएर जवर्जस्ती राउटर भिडाउने गरेको मैतीदेवीका असिम विक बताउँछन् ।

वर्षको एकैपटक अग्रिम पैसा लिने र गुणस्तरीय सेवा नदिने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमा वल्र्ड लिंक अग्रस्थानमा पर्छ । प्रा.लि.बाट लिमिटेड भएको वल्र्डलिंकले एकातिर सयौं शाखा विस्तार गरी सरकारले तोकेको भन्दै झण्डै आधा कम तलवमा कर्मचारी राखेर काम गराईरहेको छ भने अर्कोतिर गुणस्तरिय सेवा पनि दिन सकेको छैन । सबैभन्दा कम भनेर २५ एमबीपीएसको स्पिडका लागि मासिक झण्डै एक हजार पाँच सय लिने वल्र्ड लिंकको इन्टरनेट मुस्किलले दुई वटा मोवाइलमा चल्छ । यस विषयमा वल्र्ड लिंकमा कार्यरत मार्केट्रिका प्रतिनिधिसँग कुरा गर्दा फाइवर राउटरको समस्या हो, अर्को राउटर राख्नुस् भन्दै पन्छिने गर्दै आएको मैतीदेवीकै लीला खनाल बताउँछन् ।
विहिबारको युनाइटेड पोष्ट साप्ताहिकमा खबर छ– त्यसो त वल्र्डलिंकमाथि फ्रि इन्टरनेट सर्भिसको नाममा ग्राहकहरुको व्यक्तिगत सूचनाहरुलिएर दुरुपयोग गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । यस विषयमा उजुरी परेको भन्दै नियमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले छानविन गर्ने जनाएको छ । ग्राहकलाई आकर्षित गर्न विभिन्न योजना ल्याउने इन्टरनेट कम्पनीहरुले सेवा लिइरहेका ग्राकहलाई भनी ठगि गर्दै आएका छन् । ‘यो एक जनालाई मात्रै होइन अधिकांश नेपालीलाई यसरी नै ठगी भइरहेको छ,’ आइटी विज्ञ प्रदिप चौधरी भन्छन्–‘मैले २५ एमबिपिएसको पैसा तिरेर किने तर, १० एमबिपिएस मात्रै चलाउन पाएको छु । मलाई वल्र्डलिंकले सिधै १५ एमविपिएस ठगि गरेको छ । तर, उजुरी लिएर प्राधिकरण जाँदा पनि छानविन नै भएको थाहा पाएको छैन ।’
स्रोतका अनुसार प्राधिकरणले नेपाल प्रहरीको केन्द्रीय अनुसन्नधान ब्यूरो (सिआईबी) सँग समन्वय गरी इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमाथि अनुसन्धान गर्ने तयारी थालेको छ । विगतमा पनि यस्ता कम्पनीहरुमाथि छानविन नभएका होइनन् । विगतमा कल वाइपासको धन्दा चलाउने यस्ता कम्पनीहरुले प्राधिकरणकै नेतृत्व परिवर्तन गर्ने हैसियत राख्दथे ।
चितवनमा अनुसन्धान शुरु
जिल्ला प्रहरी कार्यालय चितवनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुकाथि निगरानी बढाएको छ । उपभोक्ताहरुसँग स्पीड बढि छ भन्दै बढि शूल्क लिने तर कम स्पीड मात्र दिने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमाथि निगरानी बढाएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल बताउँछन् । एसपी मल्लका अनुसार दिन दिनै बढी शूल्क लिएर कम स्पीडको इन्टरनेट दिएको भन्दै गुनासो आएपछि प्रहरीले इन्टरनेट सेवा प्रदायक कम्पनिमाथि निगरानी बढाएको हो । उपभोक्ताको गुनासालाई सम्वोधन गर्ने गरी इन्टरनेट सेवा कम्पनिमाथि निगरानी बढाइएको एसपीि मल्लले बताए ।
एसपी मल्लका अनुसार विज्ञ टोली (प्राविधिक टोलीले) को रिपोर्टपछि ठगी गरेको भेटिए इन्टरनेट सेवा प्रदायक कम्पनीमाथि कारबाही हुन्छ । एसपी मल्लले भने–‘दिन दिनै गुनासा आएका छन् । हाम्रो प्राविधिक टोलीले अनुसन्धान गर्दै छ । उपभोक्ताको गुनासो बमोजिम इन्टरनेट सेवा प्रदायक कम्पनिहरु दोषी भेटिए कार्वाहीको प्रक्रिया अघि बढ्छ ।’

सिफारिस