धादिङ, ८ मंसिर । कुनै समय सामाजिक सञ्जालमा ‘तरकारीवाली’को रुपमा भाइरल बनेकी गोरखाकी कुशुम श्रेष्ठले विवाह गरेकी छिन् । धादिङको ज्वालामुखि गाउँपालिका–३ घर भएका राजन श्रेष्ठसँग लामो समयदेखि प्रेममा रहेकी उनको विवाह भएको हो ।

विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी उनीहरुको शुक्रबार विवाह भएको हो । सन् २०१६ मा पर्यटन व्यावसायी रुपचन्द्र महर्जनले गोरखामा तरकारी बोक्दै गरेको अवस्थामा उनको तस्विर कैद गरेका थिए । उनको तस्विर सामाजिक सञ्जालमा छाएपछि राष्ट्रिय सञ्चार माध्यमले समेत समाचारको विषय बनाएका थिए ।
‘विवाह सम्पन्न भएको हो । हामी जन्ती गएर आएका छौँ,’ राजनका मित्र अनिल श्रेष्ठले भने,‘उ कोरिया बसेर आएपछि विवाह गरेको हो ।’