ओवरसिजको नाममा हुण्डीको अवैध धन्दा : सञ्चालकसहित २ पक्राउ !

दियोपोस्ट संवाददाता


काठमाडौं, १२ मंसिर । महानगरीय प्रहरी अपराध अनुसन्धान महासशाखा टेकुले अवैध रुपमा हुण्डी कारोबारमा समलग्न २ जनालाई पक्राउ गरेको छ ।

महाशाखा प्रमुख सहकुल थापाका अनुसार ‘काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलार्य फलो गरेको थियो । प्रहरीले विहिबार न्युरोडबाट अन्जनी ओभरसिजका सञ्चालक गोवर्धन प्रसाद सरावगी र कृष्ण प्रसाद भट्टराईलाई पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको साथबाट ३८ लाख १२ हजार नगद र केही थान चेक समेत बरामद गरेको छ । पक्राउ परेका सरावगी काठमाडौं स्थित नरदेवीका हुन् भने भट्टराई अर्घाखाँचीका हुन् ।

सम्बन्धित खबर