शालिक अनावरणमा ईश्वर पोखरेल आउने चालपाएपछि विरोधमा उत्रिए सिन्धुलीबासी

diyopost.com
दियो पोस्ट  बुधबार, कार्तिक २४, २०७८ | १४:१७:३२

सिन्धुली । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका कारण सिन्धुलीमा तनाव भएको छ । उनलाई प्रमुख अतिथि बनाएर बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सव कार्यक्रममा सहभागी गराइने तयारी गरेपछि स्थानियबासीले विरोध गरेका हुन् । कमलामाई नगरपालिकाले पोखरेललाई शालिक अनावरण र विजयोत्सवमा प्रमुख अतिथि बनाएर बोलाएको थियो । तर, स्थानियबासीले मंगलबारदेखि नै नगरपालिकामा तालाबन्दी गरेका छन् ।

मंगलबार नै सिन्धुली आइपुगेका पोखरेल यतिबेला सुरक्षाकर्मीको घेरामा रहेका छन् । सिन्धुलीको लोकतान्त्रिक चोकमा रहेको बाल उद्दान पार्कमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानियबासीले पार्कलाई घेरेर राखेका छन् । यता विहानदेखि नै एमाले कार्यकर्ताहरु ठूलो संख्यामा जम्मा भएर पोखरेललाई सहभागी गराउन जबरजस्ती गरिरहेका छन् । विहान ९ बजे नै शालिक अनावरण गर्ने कार्यक्रम भएपनि स्थानिबासीको विरोधका कारण हालसम्म शुरु भएको छैन ।

 

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा सर्वदलीय बैठक भइरहेको भएपनि हालसम्म कोही पनि सहभागी नभएको पाइएको छ ।

 

सम्बन्धित खबर