दुनियाँको सबैभन्दा शक्तिशाली हतियारको कथा: कति साँचो कति झुट ?

diyopost.com
दियो पोस्ट  बुधबार, कार्तिक २४, २०७८ | १५:१३:००

उत्तर कोरियाले  कयौँ मिसाइल परीक्षण गरिरहेको छ । यी परीक्षणहरूले यो कुरा प्रतिबिम्बित गर्दछन्, प्रतिबन्धको बाबजुद उसले आफ्नो हतियार प्रक्षेपण कार्यक्रमलाई जारी नै राखिरहेको छ । यद्यपि उत्तर कोरियाको दाबी छ अमेरिकाको सम्भावित हमलादेखि बच्नको लागि उसले यी परीक्षणहरू गरिरहेको हो । 

उत्तर कोरियाको सरकारी मिडियाको अनुसार, ‘सेप्टेम्बरमा नयाँ हाइपरसोनिक मिसाइल परीक्षणको अलावा रेलबाट निशाना ताक्ने बैलिस्टिक मिसाइलको पनि परीक्षण गरिएको थियो । साथै, लामो दूरीको एक क्रुज मिसाइल पनि परीक्षण गरिएको थियो ।  

अमेरिकी राष्ट्रपति जो बाइडनको पदभार ग्रहण गरेको केही दिन पहिले, यस जनवारिमा, उत्तर कोरियाले सैनिकहरूको एक परेडमा पनडुब्बीदेखि निशाना ताक्न मिल्ने एक बैलिस्टिक मिसाइलको प्रदर्शन गरेको थियो । यस मिसाइललाई ‘दुनियाँको सबैभन्दा शक्तिशाली हतियार’ बताइएको थियो । तर, यस हतियारको वास्तविक क्षमता अपुष्ट नै छ किनभने यस हतियार परीक्षण भए-नभएको भन्नेबारे कुनै खबर प्राप्त भएको छैन । 

उत्तर कोरियाको सर्वोच्च नेता किम जोंग-उनले देशको परमाणु हतियारको भण्डार  र सैन्य क्षमता निरन्तर बढाउँदै लगिरहेको देखिन्छ । साथै, हतियारहरूको सूची पनि पेस गरेका छन्, जो उत्तर  कोरिया प्राप्त गर्न चाहन्छ । आर्थिक प्रतिबन्धको बाबजुद उत्तर कोरिया आफ्नो हतियारहरू उल्लेख्य रूपमा बढाउन सफल भइरहेको देखिएको छ । 

अमेरिकासम्म पुग्ने मिसाइलहरू :

उत्तर कोरियाले २०१७ देखि आफ्नो क्षमता बढाउँदै कयौँ मिसाइल परीक्षण गरिसकेको छ । यी मिसाइलहरूमध्ये एक ह्वासोङ्ग-१२ ले ४.५०० किलोमिटर सम्म मार हान्ने क्षमता राख्दछ र यसले प्रशान्त महासागरको गुआम द्वीपमा स्थित अमेरिकाको सैनिक इलाकालाई निशाना ताक्न सक्छ । 

पछि, ८,००० किलोमिटरसम्म मार हान्ने क्षमता भएको ह्वासोङ्ग-१४ मिसाइल पनि परीक्षण गरिएको छ । अध्ययनकर्ताहरूका अनुसार, यो मिसाइलले १०,००० किलोमिटरको दूरीसम्म मार हान्न सक्दछ । यस मिसाइलको प्रयोग गरेको खण्डमा उत्तर कोरियाको पहुँच न्यूयोर्कसम्म पुग्न सक्छ । यो मिसाइल उसको पहिलो अन्तरमहाद्वीपीय बैलिस्टिक मिसाइल हो । 

र, अर्को मिसाइल- ह्वासोङ्ग-१५ को परीक्षण उत्तर कोरियाले गरिसकेको छ । यो मिसाल लगभग ४.५०० किलोमिटरको उचाईसम्म गएको थियो, जो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको उचाइ भन्दा १० गुणा अधिक हो । यदि यो मिसाइल ठाडो रूपमा सिधा माथि दाग्ने हो भने उसको अधिकतम सीमा १३,००० किलोमिटर पनि पुग्न सक्छ । र, यसप्रकार पुरा अमेरिका उत्तर कोरियाको मिसाइलको मार हान्ने सीमारेखा भित्र पर्न आइपुगेको प्रस्ट हुन्छ । 

यसपश्चात्, अघिल्लो सालको अक्टोबरमा उत्तर कोरियाले आफ्नो नयाँ बैलिस्टिक मिसाइलको पर्दा हटाएको थियो । यद्यपि, अझैसम्म यस मिसाइलको नाम राखिएको छैन, न यसको परीक्षण नै भएको छ । बस यो मिसाइलको अस्तित्वको खुलासा चाहिँ भएको छ । 

ह्वासोङ्ग-१५ जस्तै यो दुई चरणमा तरल इन्धनबाट चल्ने मिसाइल हो । तर यसको लम्बाई र चौडाइको ह्वासोङ्ग-१५ को भन्दा बढी नै छ ।  यस मिसाइललाई कयौँ वारहेड्समा सङ्गृहीत गर्न सकिन्छ । यस मिसाइलबाट अमेरिकामा कहीँ पनि परमाणु हतियार पुर्‍याउन सकिन्छ । यसको आकारले अनुभवी जानकारहरूलाई पनि अचम्मित तुल्याएको थियो ।

अमेरिकाको लागि यी मिसाइलहरू कत्तिको खतरापूर्ण छन् ? 

यस वर्ष जनावरीमा, उत्तर कोरिया एउटा अर्को बैलिस्टिक मिसाइलसहित विश्वसामु आएको थियो । यस मिसाइललाई पनडुब्बीदेखि लन्च गरिएको थियो । यस मिसाइललाई लिएर उसले भनेको थियो – “दुनियाँको सबैभन्दा शक्तिशाली मिसाइल ।” 

विशेषज्ञहरूका अनुसार, नयाँ मिसाइलहरू लगातार सामुन्ने आउनु अमेरिकाको बाइडेन प्रशासनको लागि सङ्केत हो- ‘उत्तर कोरियाको सैन्य क्षमता लगातार बढिरहेको छ, खबरदार ।’ 

उत्तर कोरियाले यस वर्ष मार्चमा, ‘नयाँ प्रकारका टैक्टिकल गाइडेड प्रोजेक्टाइल’ लन्च गरेको थियो । उत्तर कोरियाका अनुसार यो मिसाइल २/५ टनको पेलोड या परमाणु हतियार (विस्फोटक पदार्थ) बोक्न सक्षम छ । यद्यपि, यस हतियारको औपचारिक पहिचान अहिलेसम्म हुन् सकेको छैन । तर, जेम्स मार्टिन सेन्टर फर नन प्रोलीफरेशन स्टडीजका जानकारहरूका अनुसार यो केएन-२३ मिसाइलको नयाँ अपडेट हुन् सक्छ ।  

हालसालै लामो दूरीको क्रुज मिसाइल परीक्षण हुँदा रक्षा प्रणालीहरूले ज्यादै अप्ठ्यारा चुनौतीहरू सामना गर्नु पर्न सक्छ । यी मिसाइलहरू सिधा बाटो तयार नगर्न पन सक्छन् । साथै, यिनीहरूलाई यसप्रकार तयार गरिएको छ कि यी मिसाइल आफ्नो खोजी हुने सम्भावनाबाट लुक्न पनि सक्छन् । 

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार, यो मिसाइल १,५०० किमी सम्म मार हान्न सक्छ, यो भनेको जापानको अधिकांश इलाका यस मिसाइलको मार हान्ने क्षमताभित्र पर्न आउनु हो । यद्यपि, अझैसम्म यो स्पष्ट भएको छैन कि यसलाई कसरी निर्देशित गरिनेछ । 

बैलिस्टिक मिसाइलहरूको विपरीत, संयुक्त राष्ट्र सुरक्षा परिषद्को मौजुदा प्रतिबन्धले उत्तर कोरियाको क्रूज मिसाइलहरूको परीक्षणलाई रोक्न असमर्थ भएको छ । 

उत्तर कोरियाले पछिल्ला दिनहरूमा जुन-जुन हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ, ती द्रुत गतिमा आफ्नो लक्ष्यतर्फ उन्मुख हुन्छन् । यी मिसाइलहरूले इन्धन भण्डारण गरेर राख्न सक्ने सङ्केत देखिएको छ । 

थर्मोन्यूक्लियर बम:

उत्तर कोरियाले ३ सेप्टेम्बर २०१७ को पुंगये-री नामक परमाणु परीक्षण स्थलमा आजसम्मको सबैभन्दा ठुलो परमाणु परीक्षण गरेको थियो । यस परमाणु बमको विस्फोटक क्षमताको अनुमान १०० देखि ३७० किलो टनको बिच रहेको आङ्कलन गरिएको छ । यदि १०० किलो टनको विस्फोट  हुन्छ भने यो १९४५ को हिरोसिमामा दागिएको बमभन्दा ६ गुणा ज्यादा हुन् आउँछ । उत्तर कोरियाको दावा छ कि उसले पहिलो थर्मोन्यूक्लियर हतियार थियो । थर्मोन्यूक्लियार बमको मतलब संलयन  प्रक्रियामा आधारित परमाणु बम हो, जो अत्यधिक शक्तिशाली हुन्छ । 

यसपश्चात् अप्रिल २०१८ मा, उत्तर कोरियाले अब निकट भविष्यमा परमाणु परीक्षण नगर्ने बताएको थियो ।  उसले भनेको थियो- उसको क्षमता ‘सत्यापित’ भइसकेको छ । साथै, उसले पुंगये-री परीक्षण स्थल नष्ट गर्ने समेत बताएको थियो । एक महिनापश्चात् मे-२०१८ मा, विदेशी पत्रकारहरूको उपस्थितिमा उसले आफ्नो कयौँ सुरुङहरूलाई विस्फोटबाट उदाउने दाबा गरेको थियो । त्यतिबेला कुनै पनि अन्तर्राष्ट्रिय विशेषज्ञ मौजुद थिएनन् । 

त्यही साल किम जोंग-उन र डोनाल्ड ट्रम्पको बिच बातचित भइरहेको थियो । उत्तर कोरियाले यो पनि बताएको थियो उ आफ्नो सबै परमाणु संवर्द्धन संस्थान नष्ट गर्नेछ । तर, नतिजा त्यस्तो रहेन ।

संयुक्त राष्ट्रको परमाणु एजेन्सीले अगस्टमा आफ्नो एक रिपोर्टमा स्याटलाइट तस्बिरलाई आधार बनाएर बताएको थियो- उत्तर कोरियाले सायद आफ्नो योंगब्यान रियाक्टर पुनः सुरु गरेको छ । यस रियाक्टरलाई हतियारहरूमा प्रयोग हुने प्लूटोनियमलाई मुख्य स्रोत मानिन्छ ।

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले सेप्टेम्बरमा भनेको थियो- प्लूटोनियमलाई अलग गर्न, युरेनियमलाई संवर्द्धन गर्न र अन्य गतिविधिहरूमाथि काम गर्दै उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रम अगाडी बढाइरहेको छ ।  

दुनियाँको ठुला सेनाहरू मध्ये एक :

स्थायी सैनिकहरूको सङ्ख्याको सवालमा उत्तर कोरिया दुनियाँको सबैभन्दा ठुलो सेनाहरूमध्ये एक हो । उत्तर कोरियासँग दश लाख भन्दा अधिक सैनिक छ, जहाँ ६ लाख जवान रिजर्भ रहेका छन् । 

उत्तर कोरियाले अधिकांश उपकरण पुरानो र अप्रचलित छ । तर पनि युद्ध भएको अवस्थामा उत्तर कोरियाले दक्षिण कोरियाले भारी नोक्सान गर्न सक्छ । उत्तर कोरियासँग स्पेसल फोर्स पनि छन्, जो सङ्घर्षको दौरान जुनसुकै बेला दक्षिण कोरियामा दाखिल हुन् सक्छ । 

सन् २०१२ मा दक्षिण कोरियाले अनुमान गरेको थियो कि उत्तर कोरियासँग २.५०० देखि ५.००० टन रासायनिक हतियार हुन् सक्छ, जो दुनियाँकै सबैभन्दा ठुलो हतियार भण्डार हो । 

 

 

 

सम्बन्धित खबर