विश्वकप २०२२ः दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म बने आकर्षणको केन्द्र

दीपिकाद्वारा ट्रफी अनावरण

दियो पोस्ट  

काठमाडौं । आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने ।

विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यावसायिक दूत समेत रहेकी दीपिकाले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए ।

फिफा समापनमा बलिउड अभिनेत्री नोरा फतेहीले ‘लाइट द स्काइ’लाई हिन्दीमा गाउँदै मनोरञ्जन प्रदान गरिन् ।दीपिका अभिनित फिल्म ‘पठान’ को–स्टार शाहरुख खानले पनि विश्वकपको प्रत्यक्ष प्रसारणको क्रममा टीभी स्टुडियोबाटै फिल्मको प्रमोसन गरे । स्पोर्टस्–१८ च्यानलमा उनी खेलाडी वाइन रुनीसँगै प्रस्तुत थिए । शाहरुखले उक्त टीभी प्रसारणमा पठानमा आफ्नो भूमिका एक चर्चित फुटबल खेलाडीको रुपमा रहेको बताए ।