चार्ल्स शोभराज आज छुट्दै, अध्यागमनको जिम्मा लगाइने

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार छुट्ने भएका छन् । सर्वोच्च अदातलतले बुधबार गरेको फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदातललाई पत्र पठाएको छ । सर्वोच्चको पत्रअनुसार भक्तपुर जिल्ला अदातलले केन्द्रीय कारागारलाई पत्र पठाएपछि बिहीबारै उनी थुनामुक्त हुनेछन् । स्रोतका अनुसार कारागारबाट छुटेपछि उनलाई अध्यागमनमा बुझाइनेछ । आफ्नो मुलुक नफर्किँदासम्म उनी अध्यागमनको नियन्त्रणमा हुनेछन् । शोभराजका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार १५ दिनभित्र उनलाई आफ्नो देश फर्कने व्यवस्था मिलाउन पनि सरकारको नाममा आदेश दिएको थियो ।

शोभराजमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो ।

को हुन् ७८ वर्षीय चार्ल्स शोभराज ?