सरकार गठनका लागि तयार हुन प्रचण्डलाई ओलीको प्रस्ताव

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिच कुराकानी भएको छ । बिहीवार संसद् भवन परिसरमा माओवादी अध्यक्ष प्रचण्डसँग भएको छोटो कुराकानीमा सत्ता सहकार्यका लागि प्रस्ताव गरेको खुलेको हो ।

नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला पुनस् वामपन्थी गठबन्धनको चर्चा भित्रभित्रै चलिरहेको छ । त्यसो त प्रचण्डले औपचारिक रूपमा भने  ‘वर्तमान गठबन्धन कायमै रहन्छु भन्ने गरेका छन् ।

प्रचण्ड वर्तमान गठबन्धन छाड्न तयार भए उनलाई प्रधानमन्त्री मानेरै भए पनि सहकार्य गर्न आफूहरू तयार रहेको एमालेका एक नेता बताउँछन् । त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवासँग अघिल्लो कार्यकालमा र अहिले भएको सहकार्यमा सहज अनुभव गरिरहेका प्रचण्ड तत्काल देउवाको साथ छाडिहाल्न तयार भइनसकेको स्रोतको दाबी छ ।

प्रचण्डले पहिलो कार्यकालको प्रधानमन्त्री नपाउने अवस्थामा भने वाम गठबन्धनको सम्भावना ब्यूँतिने नेताहरूको विश्वास छ ।​