पारिवारिक कथामा फिल्म बनाउँदै निखिल उप्रेती

दियो पोस्ट  

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको निखिलले बताए । उनका अनुसार फिल्मका लागि तीन गीत रेकर्ड गरिसकेको र अबको फिल्ममा बुबा आफै सञ्चिता आमाको भूमिकामा हुनेछिन् । छोराछोरीको पनि फिल्ममा अभिनय रहने उनले बताए ।

‘मेरो फिल्म एउटा परिवारको कथा हो । तर नेपालमा अहिले बनेको भन्दा भिन्न छ’, निखिलले थपे ‘पुरै मनोरञ्जन दिने उद्देश्यले फिल्म बन्नेछ,’ उनले भने, ‘अहिलेको बच्चाबच्चीले गरिरहेको क्रियाकलाप सबैभन्दा ठुलो इन्सिडेन्ट, जो देशले याद गर्न सकिरहेको छैन । त्यो फिल्मले देखाउँछ ।’