बसन्त चौधरीको ‘धन्दा’ : एकातिर नर्भिक अस्पताल, अर्कोतिर खुकुरी रम नामक रक्सी कम्पनी !

दियो पोस्ट  

काठमाडौं, १७ मंसिर । मानव स्वास्थ्यका लागि मदिरा सबैभन्दा घातक तरल पदार्थ हो ।

मदिरा जन्य बस्तुको सेवनबाट मानव स्वास्थ्यमा मात्रै दर्जनौँ भन्दा बढी रोग लाग्ने गरेको पुष्टि नै भइसकेको छ । विश्वमा १० प्रतिशत नागरिक मदिरा सेवनकै कारण मृत्यु भइरहेको तथ्य समेत जगजाहेर नै छ ।

मदिरा सेवनबाट विरामी परेकाहरु उपचारका लागि जाने स्थल भने अस्पताल नै हो । तर, अस्पताल सञ्चालकले नै मदिरा उद्योगमा लगानी गरेपछि के होला ? यसको सहज उत्तर हुन्छ, – मानव स्वास्थ्यमा गम्भिर खेलवाड ।

 


यसरी व्यावसायीक नैतिकता उद्योगमा लगानी गरेका छन् एक मात्रै डलर अर्बपति विनोद चौधरीका भाई बसन्त चौधरीले । राजधानीको थापाथली स्थित नर्भिक अस्पतालका मालिक रहेका चौधरीले केही दिनअघि नेपालमै सबैभन्दा धेरै विक्री हुने ब्राण्ड ‘खुकुरी रम’ किनेका छन् ।


पूर्व राजामहाराजा, उनीहरुका परिवार, ठूला दलका नेताहरु, मन्त्रीहरुदेखि धनीमानीहरुले उपचार गराउनमा यो नर्भिक अस्पताल निक्कै चर्चामा आउँछ । सेवा, सुविधा र पैसा हुनेहरुका लागि जटिल समस्याको निधानका रुपमा यो अस्पतालले ख्याति कमाएको छ । तर अस्पतालका मालिक भने मदिरा जस्तो घातक पदार्थमा आफ्नो लगानी गरेर विवादित बनेका छन् ।


खुकुरी रम उत्पादन गर्ने नेपाल डिष्ट्रिलरी किनेर चौधरीले आफ्नो नयाँ विशेषता थपेका हुन् । ५९ वर्ष पुरानो भारतीय व्यापारीको स्वामित्वमा रहेको यो कम्पनी एक अर्ब ६१ करोडमा चौधरीसहितका साझेदारले किनेका हुन् ।

नेपाल डिष्ट्रिलरी खुकुरी रम उत्पादनका लागि निक्कै चर्चित नेपाली कम्पनी हो । यसले नेपालदेखि भारतसहितका तेस्रो देशमासमेत आफ्नो उत्पादनको प्रभाव विस्तार गरेको छ ।

खासगरी जाडो महिनामा चार महिना कात्तिक, मंसिर, पुस र माघमा खुकुरी रमको माग धेरै हुन्छ । उत्पादन पनि यी महिनालाई लक्षित गरेर गरिन्छ । गत आर्थिक वर्षमा मात्रै यो कम्पनीले दुई अर्ब १९ करोड कारोबार गरेको थियो ।

पछिल्लो समय जमसेद जी कन्ट्रयाक्टरले सन् १९५९ मा स्थापना गरेको दि नेपाल डिष्ट्रिलरीको स्वामित्व भारतीय व्यापारी घराना कनोइको परिवारसँग थियो । तर कलकत्ताको ती व्यापारीबाट यो कम्पनी गैरआवासीय नेपाली शरदकुमार टिवडेवाला र चौधरीको स्वामित्वमा आएको हो ।

यसमा टिवडेवालासँग ८० प्रतिशत र २० प्रतिशत स्वामित्व चौधरीको छ । सबै चुक्ता पूँजी भारतीय कम्पनीमा रहेकोमा अब बालाजुमा रहेको यो कम्पनीको सबै स्वामित्व नेपाली लगानीकर्तामा आएको छ ।

यसरी मानिहरुको स्वास्थ्य सुधार्ने अस्पताल चलाउनेदेखि स्वास्थ्यमा खराब गर्ने मदिरा रम उत्पादन गर्ने कम्पनी पनि चौधरीले एकसाथ संचालन गर्दैछन् ।
बजारशास्त्रका एक अध्येता चौधरीको यस्तो प्रकारको व्यावसायलाई ‘कर्पोरेट क्राइम’को रुपमा व्याख्या गर्छन् ।

‘यो नैतिकताको हिसाबले नमिल्ने ब्यापार हो । तर नर्भिकले मात्रै होइन धेरै अन्य मदिरा व्यापारीले पनि बाजार व्यापारिक नैतिकता अपनाएको पाउँदिनँ,’ उनले भने,‘एउटै व्यक्तिले मदिरा कम्पनि किन्नु र उनैले फेरी अस्पताल चलाउनु हास्यास्पद मात्रै होइन कर्पोरेट क्राइम हो ।’