सिक्टा सिँचाईमा अख्तियारको आँखाः पूर्वमन्त्री पाण्डेसहितलाई मद्दा लगाईएपनि डिजाईन गर्नेमाथि कारबाही भएन

दियो पोस्ट  

काठमाडौं, मंसिर २३ । बाँके जिल्ललामा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको डिजाईन नै त्रुटिपूर्ण रहेको र सोही कारण मूल नहर भत्किएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पूर्वमन्त्री समेत रहेका निर्माण व्यवसायी विक्र.म पाण्डे र उक्त आयोजनामा विभिन्न समयमा काम गरेका र ठेकेदार कम्पनीलाई भुक्तानी दिने काममा संलग्न सरकारी कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले शुक्रबार दायर गरेको मुद्दामा उक्त नहरको डिजाईन त्रुटी भएको दाबी गरेको छ । तर सिक्चा सिँचाईको डिजाईन गर्ने व्यक्ति र निकायलाई भने अख्तियारले छाडेको छ ।

अहिले सिक्टाको काम रोकिएको छ । आइतबारको आर्थिक दैनिकमा खबर छ ।

TATA ADD