सुनको भाउ ६ सय रुपैयाँले बढ्यो, तोलाको ६० हजार रुपैयाँ

Diyo post  

काठमाडौं, मंसिर २५ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेकोछ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ६० हजार रुपैयाँमा पुगेको छ ।

सोमबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमबार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित खबर