सिडी विजय अधिकारी बने पहिलो ‘भोईस अफ नेपाल’

दियो पोस्ट  

काठमाडौँ, मंसिर २९ । अन्तराष्ट्रिय स्तरको गायन रियालिटी शो द भोईस अफ नेपालको विजेता सिडी बिजय अधिकारी बनेका छन् । शुक्रबार राति कतारमा भएको ग्राण्ड फिनालेमा अधिकारी नेपालको पहिलो ‘द भोइस अफ नेपाल’ घोषित भएका हुन् । द भोईसको उपाधी जितेसंगै अधिकारीले २५ लाख रुपैयाँ जितेका छन् भने एक ब्राण्डेड कार पनि पुरस्कार स्वरुप प्राप्त गरेका छन् । साथै २० लाखबराबरको एल्बम कन्ट्र्याक्ट र विश्व भ्रमणको अवसर पनि प्राप्त गरेका छन् ।

पोखराका अधिकारी भोईस अफ नेपालमा आउनुभन्दा अगाडीदेखि नै नेपाली सांगितिक दुनियाँमा रमाएका पोख्त कलाकार हुन् । उनले ३ सयको हाराहारीमा नेपाली गीत गाइसकेका छन् । नेपाली संगितकारहरुको रोजाईमा नपरेका सिडी द भोइसमा आएपछि चर्चित बनेका थिए । उनले भोइसको ब्लाइण्ड अडिसनमा सनुप पौडेलको दैव हे भन्ने गीत गाएका थिए । ब्लाइण्ड अडिसनमा कोच प्रमोद र कोच अभया फर्किएका थिए । ब्लाइण्ड अडिसनमा प्रमोद खरेलको टिममा गएका सिडीले ब्याटल राउण्डमा योगेन्द्र उपाध्यायसंग प्रमोद खरेल र शीव परियारको ‘ आफ्नो जिन्दगी आफैलाइ’ बोलको गित गाएका थिए । कोच प्रमोदले योगेन्द्रलाई रोजेपछि दिपले अधिकारीलाई स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए ।

शोको फाइनलमा कोच दिपबाट सिडि विजय अधिकारी, कोच प्रमोद बाट स्रिजेय थपलिया, कोच अभयाबाट कुशल आचार्य र कोच सनुपबाट सप्तक दुतराज पुगेका थिए । फाइनलको लागि एक सातासम्म भोटिङ खुलाइएको थियो ।

अधिकारीका लागि पोखरामा एक समितीनै बनाएर भोटिङ अभियानमा सहयोग गरेका थिए ।  अधिकारीसंगै भोइसका उत्कृष्ठ प्रतियोगीहरुले पनि विश्व भ्रमणको मौका पाउने आयोजकले बताएको छ ।

TATA ADD

सिफारिस