काठमाडौं, ३ पुस । निर्मला पन्त प्रकरणपछि यसको अनुसन्धानमा खटिएका दिल्लीराज विष्टसहितका अधिकारीविरुद्ध पन्तकी आमाले किटानी जाहेरी दर्ता गराएकी छिन् ।
पन्तको बलात्कारपछि हत्या प्रकरणमा विष्टले प्रारम्भिक चरणको अनुसन्धानको नेतृत्व गरेका थिए । तर, पन्तकी आमा दुर्गादेवी विष्टसििहत प्रहरी निरीक्षक जगदीश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी हुन् । दुर्गादेवीले कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत जाहेरी दिएकी हुन् ।
जाहेरी परेको पुष्टि गर्दै प्रहरी कार्यालयले एसपी सँग छलफल भइरहेको जनाएको छ । पन्तको हत्यापछि मुचुल्का उठाउँदादेखि प्रारम्भिक अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेपछि प्रहरी अधिकारीमाथि नै शंका गरिएको थियो ।
विष्टलाई सरकारले सेवाबाटै वर्खास्त गरिसकेको छ । तर, जाहेरी परेपछि उनलाई अब प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेर छानविन अगाडि बढाउन सक्नेछ ।
जाहेरी लिएर काठमाडौंबाट मानवअधिकार कर्मी समेत पुगेका थिए ।