बेली डान्सर बिनु शाक्यको जन्म सिन्धुपाल्चोकको लामोसाँधु भन्ने ठाउँमा बुबा ईन्द्रकाजी शाक्य र आमा लक्ष्मी शाक्यको कोखबाट भएको हो । शाक्यको जन्म २०४८ साल असोज २५ गते भएको हो । डान्सर बिनुले श्री सेतीदेवि सारदा उच्च माध्यामिक विद्यालयबाट एस.एल.सी पास गरेकी हुन् । नेपालमा बेली डान्स गरेर चर्चा कमाउन सफल तिनै प्रतिभावान बिनु शाक्यसँग दियोपोष्टले केही रमाईला कुराकानी गरेको छ ।
अहिले के मा व्यस्त हुनुहुन्छ ?
स्टेज पफमेन्स ३ वटा छ जनवरी १ तारिकसम्म । अनि पढाईमा ध्यान दिदै छु । डिसेम्बर ३१ देखि बोर्ड परीक्षा भएको भएर ।
नेपालमा बेली डान्स त्यति धेरैले गरेका छैनन् । तपाईले आँट गर्नुभएको छ । कत्तिको सजिलो छ ?
हो, धेरैले गर्नुभएको छैन । आफ्नो आफ्नो चाहनाको कुरा हो । मैले बेली डान्स मात्र नभएर सबै प्रकारको डान्स गर्छु । तर दर्शकहरुले बेली डान्सलाई अलि धेरै मन पराईदिनुहुन्छ । सायद यो अरुभन्दा अलि युनिक फम भएर होला । यो फम हाम्रो आफ्नो नभएको हुनाले अरु डान्स फम भन्दा गारो नै छ ।
खासमा तपाई कसको प्रेरणाबाट यो क्षेत्रतिर लाग्नुभयो ?
मलाई मैले नृत्य गरेका ती दिनहरु प्राय याद छैन । भनेपछि सानै उमेरबाट नृत्य सुरु गरेँ । जबकी मलाई नृत्य के हो पनि थाहा थिएन । लगभग ६ वर्षको थिएँ । पहिले पहिले मलाई दिदिले नृत्य सिकाउनुहुन्थ्यो । पछि अलि बुझ्ने भएपछि आफैँ सिकेँ र मिथिलाम शर्मा म्याम बाट प्रभावित छु म । तर दिदीहरुले गर्दा नै हो म यो क्षेत्रमा लागेको ।
अरु नृत्य भन्दा बेली डान्स यसै नै फरक छ नै । यसमा युवाहरु किन बढि झुम्ने गरेका छन् ? बेली डास्लाई मन पराउनेहरु कस्ता कस्ता व्यक्तिहरु छन् ?
विशेषगरी बालबालिका र युवा समूहले यो डान्स मन पराउनुहुन्छ ।
यो नृत्यमा पनि कस्ता खालका पाटोलाई प्रदर्शन गर्दा बढि झुम्मिने गर्छन् ?
यसमा फरक बडी पार्ट प्रयोग हुन्छ । यो बेली डान्स आफैँ मा एउटा ‘युनिक फर्म’ भएर सबै मुभमेन्ट मन पराउनुहुन्छ । विशेषत ‘सेमी’ गर्दा पेटमा भाईब्रेसन निकाल्नुपर्ने भएकोले पेटको भाईब्रेसनमा दर्शकले बढि चासो देखाउनुहुन्छ ।
पेटको भाईब्रेसन ल्याउन खोज्दा अर्थात अंगलाई संगितमा ढाल्न खोज्दा तपाईलाई एकदमै गाह्रो भएको कुनै क्षण छ ?
स्येमी गर्दा दाहिने खुट्टालाई एकदमै प्रेसर पर्छ । कुनै कुनैबेला लामो समयसम्म नाचेर थाकिने हुँदा भाईब्रेसन मज्जाले हुँदैन । तर त्यस्तो हुँदै नभएको कुनै पल छैन ।
यो क्षेत्रमा लाग्न कत्तिको सजिलो छ ? तपाईलाई यो क्षेत्रमा लागिसकेपछि पिछा लाग्नेहरु भए कि भएनन् ?
गाह्रो रहेछ । अहिले फिल भैरहेको छ । धेरै सोचेर हिड्नुपर्ने । सोचेर बोल्नुपर्ने । डान्समा दर्शकको चाहनालाई मिट गर्नुपर्ने । फेरी जब, पढाई दुबै भएको भएर समयको व्यवस्थापन गर्न धेरै नै गाह्रो भैरहेको छ । पछि लाग्नेको कुरा गर्नुपर्दा धेरै नै छन् । म त रेसपोन्स गर्न नै भ्याउँदिन । कोही पछि लागिरहन्छ, कोही छुटेर जान्छ समयसँगै ।
डान्स हेरेर कसैले तपाईसँग जीवन जिउने सपना पनि बुन्न भ्याए की ? त्यस्ता मान्छेहरु पनि भेट्टाउनुभयो ?
हा हा हा… हुनुहुन्छ धेरै । भन्नुपनि हुन्छ । तर यो सबको लागि अहिले फुर्सदै छैन । सँधै यहि सोचले मायाँ गरिराख्नुभयो भने कुनै दिन केही नहोला भन्न सकिन्न ।
अहिले चाँही प्रेममा हुनुहुन्छ की हुनुहुन्न ? अर्थात पहिले थियो की ?
अहिले छैन । फुर्सदपनि छैन । यो सबैको लागि समय आउला नि त्यो पनि ।
पढाई कहाँ पुग्यो ? समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अंग्रेजी साहित्यमा मास्टर्स सकियो । अहिले आम–सञ्चारमा मास्टर्स गर्दै छु । यो लाष्ट सेमेस्टर हो । यसकै परीक्षा पनि आउन लाग्यो । पढाईलाई समय दिन धेरै गाह्रो छ । मैले डान्समा पनि मास्टर्स गर्ने तयारी गर्दै छु ।
नृत्यमा पनि हिपप लगायत अरु नृत्यहरु पनि थिए । बेली नै किन रोज्नुभयो ?
१० कक्षामा हुँदा पहिलोपटक बेली डान्स हेरेकी थिएँ साकिराको । त्यो मुभ्स देख्दा निक्कै नै रोमान्चक लाग्यो । अनि त्यसमा नै बढि झुकाब बढि गयो ।
नेपालमा बेली डान्समा भविश्य कस्तो देख्नुभएको छ ?
म प्रतिशतमा बाँच्ने मान्छे । भविश्यको लागि सोचेकी छैन । अहिले मलाई जुन चिजले खुसी मिल्छ त्यहि गर्छु । डान्स मात्रै नभएर अरु पनि क्षमता भएको हुनाले मलाई खासै गाह्रो पर्छ जस्तो लाग्दैन ।
भनेको यसैमा भर पर्दा चाहि गाह्रो छ भन्ने हो ?
होईन । मान्छेको एउटा जीवनचक्र हुन्छ । सँधै यहि उमेर हुन्छ भन्ने पनि छैन । तर ईरो बडीले साथ थियो भने सास रहुन्जेल म चाच्छु ।
डान्स भन्दा अरु चिज के के ले खुसी दिन सक्छ तपाईलाई ?
संगित अनि परिवारसँग समय बिताउँदा खुसी मिल्छ ।
अरुमा भन्दा यसमा अलि बढि अंग प्रदर्शन गर्नुपर्ने हुन्छ । यसलाई उमेरले त पक्कै पनि छेक्छ नी हैन ?
मलाई आफ्नो कला प्रति विश्वास छ । त्यहि भएर अंग प्रदर्शन गर्न जरुरी छैन र अंग प्रदर्शन गर्ने र नगर्नेमा आफूमा भर पर्ने कुरा हो । मलाई चाँही उमेरले फरक पार्दैन । बेली नै गर्नुपर्छ भन्ने पनि छैन । अरु पनि धेरै डान्स फर्महरु छन् । मलाई नाच्दा खुसी मिल्ने हो बेली डान्स गर्दा मात्रै होईन ।
यो क्षेत्रमा कलाकारको सम्मान कस्तो छ ?
यो क्षेत्रमा कलाकारहरुको सम्मान गर्दैन भन्छन् । तर अरुको सम्मान पाउन कलाकार आफैँले एकअर्कालाई सम्मान गनर्ग सिक्नुपर्छ । मैले धेरैचोटी डोमिनेट फिल गरेकी छु । जब मेरो बारेमा सबै थाहा पाउछन्, अनिमात्र सम्मान गर्नुहुन्छ । तर एउटा कलाकारले सबैलाई सम्मान गर्नुपर्छ र गर्न सिक्नुपर्छ ।
मलाई डोमिनेट गरेर बोल्नेहरुलाई म पनि मज्जाले भन्दिन्छु । डबल मास्टर्स गरेकी छु, मल्टिनेश्नल कम्पनीमिान जब गर्छु । मेरो अरु कुनै विकल्प नै नभएर नाचेको होईन । जब पैसाको लागि र डान्स आफ्नो सन्तुष्टीको लागि गरिरहेकी छु ।
त्यस्तो कुनै क्षण छ डोमिनेटेड फिल भएको ?
म दुइै हप्ताअघि एउटा ब्राण्डको फोटोसुटको लागि भनेर गएको थिएँ । अनि जो मान्छेसँग मिटिङ थियो त्यो मान्छे चैँ आएको थिएन । अर्को मान्छे चाँही एकदमै डोमिनेट गरिरहेको थियो । अर्को एकजना केटी पनि थिईन । उ चाँही थिईरहेकी थिईन । मचाहीँ चुपचाप बसिरहेकी थिएँ । अत्ति भएर मैले सबै उत्तर अंग्रेजीमा दिएँ । त्यसपछि त्यो मान्छे केही बोल्न सकेन । लाज लागेर त्यो मान्छे उठेर गयो । म पनि निस्किएँ त्यहिबाट । जहाँ मेरो र मेरो कामको सम्मान हुँदैन म त्यहाँ काम गर्न नै चाहन्न ।
यो क्षेत्रमा लाग्ने केटी मान्छेहरुलाई केटाहरुले ‘प्ले गर्ल’ को रुपमा पनि हेर्छनन् नी । तपाईलाई हेर्ने दुष्टिकोण कस्तो पाउनुभएको छ ?
छन् त्यस्ता मान्छेहरुपनि । म त त्यस्तो मान्छेसँग संगत नै गर्दिन । मलाई पनि ‘प्ले गर्ल’ को रुपमा त्यसरी नै सोच्ने मान्छेहरु पनि हुन सक्छन् । मलाई पनि त्यसरी नै हेर्छन् होला ।