‘जय नेपाल पार्टी’ दर्ताका लागि धवलशमशेर राणाले निर्वाचन आयोगमा दिए निवेदन

दियोपोस्ट संवाददाता

काठमाडौँ । धवलशमशेर राणाले आफ्नो नेतृत्वमा जय नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । बिहीबार राणासहितका नेताहरु आयोग पुगेर दल दर्ताका लागि निवदेन दिएका हुन् ।

७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वको दल दर्ताका लागि निवेदन दिएको राणाले बताए । उक्त दलको दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने बताइएको छ ।

दल दर्ताको निवेदन दिएपछि राणाले दुर्गा प्रसाईँसँगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारे । आन्तरिक रुपमा छलफल भएपछि नयाँ सहमति गरेर एकताबद्ध हुने समझदारी बनेको उनको भनाइ छ ।

सम्बन्धित खबर