‘क्रिसमस नेपालीहरुको महत्वपूर्ण चाड हो भन्दै’ कांग्रेस नेताले दिए यस्तो शुभकामना

Diyo post  

काठमाडौं, १० पुस कांग्रेस नेता अर्जुननरसिंह केसीले क्रिसमलाई नेपालीहरुको एक महत्वपूर्ण चाड हो भन्दै शुभकामना दिएका छन् ।

सामाजिक संजालमा एउटा पोस्ट हाल्दै केसीले भनेका छन् : हरेक वर्ष आउँने नेपालको एक महत्वपूर्ण चाड क्रिसमस, विशेष गरी इसाई धर्मावलम्बी दिदीबहिनी दाजुभाइहरुको संस्कृति सभ्यता र परम्परा अभिव्यक्त हुने एक महत्वपूर्ण अवसर पनि हो ।

इन्द्रेणी राष्ट्रको रुपमा नेपाल चिनाउँने एक पर्व हो । नेपालमा बसोबास गर्नेहरुले स्वस्फूर्त रुपमा मनाउँने सबै चाडपर्वहरु हाम्रा समान महत्वका राष्ट्रिय पर्वहरु हुन् ।

नेपाल राष्ट्रभित्र सनातन रुपमा चलिआएका सबै धर्म, संस्कृति, असल परम्परा र भेषभुषा हामी सबै नेपालीका साझा सम्पदाका रुपमा अपनाउनु नै राष्ट्रिय एकता सामाजिक सद्भाव र अन्तर जातीय समझदारीको विकास गर्ने आधार भन्ने लोकतन्त्रको मान्यता हो ।

सर्वधर्म समभाव नै धार्मिक स्वतन्त्रताको आधार हो । तर, जबर्जस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन नहुने कानुनी बन्देजलाई सबैले पालना गर्नु पनि नागरिकको अपरिहार्य कर्तव्य हो । क्रिसमस पर्वको यस शुभअवसरमा म सम्पूर्ण इशाई दिदी बहिनी दाजुभाइहरुमा हर्दिक बधाईका साथै शुभकामना व्यक्त गर्दछु ।

सम्बन्धित खबर