१३ औँ सागमा धादिङकी सोनी गुरुङद्वारा ट्रायथोलनमा नेपाललाई स्वर्ण पदक !

दियो पोस्ट  

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ धादिङ घर भएकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा एपिएफमा कार्यरत गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।

हालसम्म ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारेकी छिन् ।
औपचारिक घोषणा हुन भने बाँकी नै छ । गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।