प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति विद्यादेवि भण्डारी

दियो पोस्ट  

काठमाडौं, मंसिर १९ । राष्ट्रपति विद्यादेवि भण्डारी त्रिवि अस्पताल पुगेकी छिन् । राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन कक्षमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेकी हुन् ।

अस्पताल पुगेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी छिन् ।

प्रधानमन्त्री ओलीलाई आज बेलुकी सम्म अथवा शुक्रबार विहानसम्ममा डिस्चार्ज गरिने उनको उपचारमा संलग्न चिकित्सकहरले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले ‌ओलीलाई मंसिर १२ गते भेटेकी थिइन्।