
काठमाडौं, १ मंसिर । जर्मनमा जन्मिएका कार्ल मार्क्स विश्व कम्युनिष्ट आन्दोलनका महान गुरु मात्रै होइनन् सर्वहारावर्गका पनि महान गुरु हुन् । उनै सर्वहारा वर्गका महान गुरु जीवनीलाई लिएर आजदेखि राजधानीमा एउटा नाटक शुरु हुँदैछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बेलुका ५ बजेदेखि शुरु हुँदै गरेको उक्त नाटक हवार्ड जीनले लेखेका हुन् । यता नेपालमा सुनील पोखरेल र प्रवीण खतिवडाले परिकल्पना तथा निर्देशन गरेको ‘मार्क्स फर्किए….’ शिर्षकमा नाटक मन्चन हुँदैछ ।
कालमार्क्सको जन्म द्विशत बार्षिकीको समारोह समिति नेपाल तथा अध्ययन केन्द्रको आयोजनामा हुने उक्त कार्यक्रममा टिकट भने असाध्यै महँगो बेचीएको खुलशा भएको छ ।
प्रतिव्यक्ति १० हजार रुपैयाँको दरको टिकेट वितरण गरिएपछि सहभागी जनाउनेहरुले नै विरोध जनाएका छन् । ‘सर्वहारा वर्गको महान नेताको जीवनी हेर्न पुँजीवादी टिकट कसरी खरिद गर्ने,’ एक व्यक्तिले दियोपोस्टसँग भने,‘यो त असाध्यै महँगो भयो । त्यो जीवनी त सर्वहारा वर्गले हेर्न मुश्किल पर्ने भयो ।’